आज:  | Sun, 03, Jul, 2022

अन्त्य हुने बेला मनसुन झन सकृय

३० भाद्र २०७६, सोमबार ०३:५२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, ३० भदौ । मनसुन निस्कृय हुँदै जानु पर्ने समयमा देशभर मनसुन झन सकृय भएको छ । वंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधी बढेको हो । आगामी तीन दिनसम्मै मनसुन सकृय हुने अनुमान छ । मनसुनको न्यून चापीय रेखाको पश्चिमी भाग औषत स्थानमा र पूर्वीभाग केही उत्तर तर्फ सर्नुकासाथी भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भाग र उत्तर प्रदेशको दक्षिणी भागमा अर्को मनसुनी न्यन चापिए प्रणाली पनि विकसित भएको नेपालको मनसुन थपबढी सकृय भएको हो । मौषम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दउिँसो देशभरी सामान्य बदली रही मध्य र पुर्वका केही स्थानहरूमा र पश्चमिका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहति हल्का देख िमध्यम वर्षाको सम्भावना छ। रात िदेशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्टयांग सहति हल्का देख िमध्यम वर्षाको सम्भावना छ। देशका पहाड िभेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।