- Loading...
‘चन्दा’को भरमा म्याग्दीका सामुदायीक विद्यालय
- पुनहिल डट कम
- ५ साल अघि
- २७१ पटक पढिएको

म्याग्दी, २९ भदौ ।
धौलागिरी पदमार्गमा पर्ने दुर्गम नाउरामा २०–२५ घर छन । नाउरा गाउ“मा विद्यालय जाने उमेरका १५ जना बालबालिका छन । नाउराका बालबालिकालाई कम्तीमा ३ कक्षासम्म गाउ“मै पढाउन विद्यालय चाहिन्छ । तर विद्यार्थी अनुपात नपुगेपछि विद्यालय संञ्चालन गर्ने अनुमति छैन ।
अनुमति नभएपनि समुदायले चन्द्रज्याति मावि खिवाङबाट पाठ्यपुस्तक मागेर आफ्नै श्रोतबाट तलव ब्यवस्था गरी तीन कक्षा सम्म पढाउ“छन । धौलागिरी पदमार्गमा आउने पर्यटकलाई स्वागत, सत्कारपछि प्राप्त ‘टिप्स’ रकम र विदेशमा रहेका दाजुभाईले बर्षेनी पठाउने चन्दाबाट स्कुल चलेको छ । बस्तीदेखी सवै भन्दा नजिकको विद्यालय रहेका खिवा¨ वा मुदी गाउ“ पुग्न बयस्क मान्छेलाई कम्तीमा ४ घन्टा लाग्छ । त्यसैले नाउराका बालबालिका १० बर्ष नपुग्दै छिमेकी गाउ“मा डेरागरी बसेर पढ्नु पर्ने बाध्यता छ ।
‘विद्यार्थी संख्या नपुग्ने भन्दै सरकारले विद्यालयलाई स्वीकृती दिएको छैन । आफ्ना बालबालिकालाई निरक्षर राख्न सकिएन । आफ्नै श्रोतमा पठनपाठन गर्दै आएका छौं’ । धौलागिरी गाउ“पालिका, ३ मुदी नाउराका स्थानीय शिक्षक लकराज रोकाले भने, ‘नानीबाबुलाई गाउ“मै क्षिशा दिनु पर्छ भनेरै सामान्य ८–१० हजार निर्वाह खर्च लिएर पढाएका छौं । दरवन्दी र सरकारी शिक्षकको तलवस्केल सपनामा पनि देख्दैनौं ।’
दैलो मै सिंहदरवार आएपनि सिंहदरवारको सेवा जनताको दैलोमा पुग्न नसकेपछि पुख्यौली थलो छोडेर सहर बसाई सर्ने क्रम रोकिएको छैन । वस्ती पातलो हु“दा विद्यार्थी अनुपातमा शिक्षक दरवन्दी नपाउ“दा गाउ“का सामुदायीक विद्यालय संकटमा परेका छन ।
गाउ“मा टिकेका विद्यार्थीलाई सामुदायीक विद्यालयमा पढाउन समुदायले विभिन्न श्रोत परिचालन गरेका छन । दरवन्दी विहीन विद्यालयमा निजी श्रोतका शिक्षकलाई तलव खुवाउने मुख्य माध्यम बनेको छ, मादल र आमा समुह । वैदेसिक रोजगारीबाट फर्केका लाहुरे हुन वा गाउ“ घुम्न आएका पर्यटक, आमा समुहले मादल बजाउ“दै नाचगान र फुलमालाले स्वागत सत्कारपछि झरेको ‘टिप्स’ रकम जोहो गरेर विद्यालयले शिक्षकलाई तलव खुवाउने गरेका छन ।
‘दरवन्दी विहीन छौं । शिक्षकको तलवभत्ता बार्षिक १० लाख रुपैया“ जोहो गर्नु समुदायलाई स“जाय दिए जस्तै भएको छ’ धौलागिरी गाउ“पालिका, ३ मुदीस्थित बुद्धिविकास माविका प्रअ जगबहादुर किसानले भने, ‘शिक्षक–अभिभावको ध्यान पढाईको गुणस्तर सुधार भन्दा तलव भत्ताको जोहो गर्नमै वित्छ । गाउ“मा धौलागिरी जाने पर्यटक हुन वा अरवबाट लाहुरे आयो कि मादल र ढम्फु बजाउ“दै चन्दा मागेर विद्यालय चलाएका छौं ।’
निजी श्रोतबाट संञ्चालित जिल्लाका ४८ वटा माध्यामिक तहका सामुदायिक विद्यालयहरु दरवन्दी विहीन छन । राजनैतिक हस्तक्ष्ेँप र पहु“चका आधारमा असन्तुलित शिक्षक दरवन्दी वितरण हु“दा दुर्गम भेगका सामुदायिक विद्यालयहरु बन्द हुने अवस्थामा पुगेका हुन ।
विद्यार्थी अनुपातमा शिक्षक दरवन्दी दिने सरकारी नीति अनुसार दरवन्दी विहीन विद्यालय संञ्चालन गर्न समुदायलाई हम्मे परेको छ । विद्यालय चलाउन चन्दाबाट आजित अभिभावक गाउ“ नै छोड्न थालेका छन ।
‘विद्यार्थी थोरै छन, निजीश्रोतबाट शिक्षक पाल्नु पर्दा समुदाय हैरान भएको छ र विषयगत शिक्षकको अभावले गुणस्तरीय अध्यापन समेत भएको छैन तर पनि विद्यालयलाई अर्को विद्यालयमा गाभ्न मिल्दैन’ अन्नपूर्ण गाउ“पालिका, ७ रिमा स्थित आदर्श माध्यामिक विद्यालयका प्रध्यानअध्यापक कुमार पुनले भने, माध्यामिक तहमा जम्मा १४–१५ जना विद्यार्थी छन, गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षक ब्यवस्था गर्न समुदायलाई समस्या छ तर सवैभन्दा नजिको छिमेकी विद्यालय पुग्न चार घन्टा लाग्ने भएकोले गाभ्न पनि सकिएन ।’
शिक्षा विकास तथा समवन्य ईकाई म्याग्दीका अनुसार ग्रामिण भेगका विद्यालयमा विद्यार्थी संख्या बर्षेनी घट्दो छ । तथ्याङ्ढ अनुसार प्रावितहमा एक शिक्षक बराबर १७ जना, निमावि तहमा ३३ जना, मावि तहमा २५ जना र उच्च मावि तहमा ६५ जना विद्यार्थी अनुपात रहेको छ । प्राविमा १६ हजार आठ सय ७२ विद्यार्थीकालागी आठ सय ३० शिक्षक, निमावि तहमा नौ हजार चार सय ६६ विद्यार्थीकालागी दुई सय ४६ शिक्षक र मावि तहका चार हजार आठ सय ४९ विद्यार्थीकालागी एक सय ६५ जना शिक्षकले अध्यापन गराईरहेका छन ।
‘भौगोलिक दुर्गमताले गर्दा समुदायको सकृयतामा गाउ“गाउ“मा विद्यालय त खुले तर समुदायलाई निरन्तरता दिन हम्मेहम्मे परेको छ । विद्यार्थी अनुपातमा दरवन्दी वितरण गर्ने नीतिले समस्या सम्बोधन गर्न कठिन छ’ शिक्षा विकास तथा समवन्यय अधिकारी दलबहादुर थापाले भने, ‘दुर्गमका सामुदायीक विद्यालयमा दरवन्दीको मात्र समस्या छैन, नीजि श्रोतबाट बढी पैसा दिन्छु भन्दापनि विज्ञान विषयका शिक्षक पाएका छैनन । बर्षेनी विद्यार्थी पढ्दै नपढेको विषयमा परिक्षा दिईरहेका छन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
