आज:  | Sat, 25, Jun, 2022

देशभर मेघ गर्जन र चट्टयांगसहित वर्षाको सम्भावना

२८ भाद्र २०७६, शनिबार ११:५८ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
देशका केही स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहितको हल्का देखि मध्यम वर्षा साथै पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जानसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्नेछ्र । हाल अधिकाँस भूभागमा आँशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। महाशाखाले सर्तक रहन आग्रह गरेको छ।शनिबार राती देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।आइतबार दिउँसो देशभरी सामान्य बदली रही मध्य र पुर्वका केही स्थानहरूमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। राति देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।सोमबार दिउँसो देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभरी सामान्य रही केही स्थानहरूमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानाएको छ।