FLASH NEWS
  • Loading...

कनेक्ट आईपीएस प्रयोगकर्ताले निशुल्क रकम स्थानान्तरण गर्नसक्ने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३१९ पटक पढिएको
कनेक्ट आईपीएस प्रयोगकर्ताले निशुल्क रकम स्थानान्तरण गर्नसक्ने
नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आईपीएस इपेमेन्ट प्रणालीमा युजरबीच निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ ।
एनसीएचएलले सीमित अवधिका लागी कनेक्ट आईपीएस प्रणालीमा आफ्नो बैंक खाता लिङ्क गरी भेरिफाई गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरेको  हो ।
यसबाट कनेक्ट आईपीएसका ग्राहकहरुलाई सिधैं आफ्नो बैंक खाताबाट रियल–टाइम फण्ड ट्रान्सफर गर्न थप सुविधा पुग्ने एनसीएचएलको अपेक्षा छ ।
एनसीएचएलले ५३ भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्न कनेक्ट आईपीएस, इपेमेन्ट प्रणाली संञ्चालन गरिरहेको छ ।
यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड, बिलभुक्तानी, सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी,  मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।
कनेक्ट आईपिएस भनेको के हो ?
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कनेक्ट आईपिएस भुक्तानी प्रणालीलाई सिङ्गल पेमेन्टस् प्लेटफर्म को रुपमा स्थापित गर्न विभिन्न विशेषता सहित औपचारिक शुभारम्भ गरेको छ। बैंक खाताबाट गरिने कारोबारहरुलाई प्रोत्साहन गर्न यो प्रणाली सञ्चालनमा आएको हो।
कनेक्ट आईपिएस भुक्तानी प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई सिधै आफ्नो बैंक खाता मार्फत कारोबारहरु गर्न सक्ने व्यवस्था रहेका छन्। यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ।
यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी र रकम ट्रान्सफरको भुक्तानी क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटको फण्ड लोड, शेयर ब्रोकरको भुक्तानी लगायतका अन्य भुक्तानीहरु पनि सजिलै गर्न सकिनेछ। यस प्रणालीको प्रयोग अनलाईन तथा मोबाईल एप्स दुबै मार्फत गर्न सकिनेछ। अनलाइन मार्फत प्रति कारोबार १ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिने छ भने मोबाईल एप्स मार्फत प्रति कारोबार ५ हजार रुपैयाँसम्मको भुक्तानी गर्न सकिनेछ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल