मुस्ताङ्गी स्याउ पाक्न नपाउदै बजारमा

२७ भाद्र २०७६, शुक्रबार ०५:२० मा प्रकाशित (10 महिना अघि)
पुनहिल संवाददाता

मुस्ताङ, २७ भदौ ।
दैलोमै गुड्ने गाढीबाट बारीका लटरम्म स्याउ मुस्ताङीका रंगिन सपना हुन । मुस्ताङका बगैचा लटरम्म स्याउका दानाले रंगिएका छन् । स्याउ पाक्ने र टिप्ने परिपक्क समय नहु“दै बजारमा आई पुगेको छ ।

स्याउमा स्वाद भरिन नपाउ“दै मुस्ता¨का बारीमा ब्यापारीको ओईरो लागेको छ । घरपझोङ् गाउ“पालिका, १ मार्फा स्थित सरकारी स्याउ बगान शितोष्ण बागवानी विकास केन्द्रले यस बर्ष बगानलाई नै १६ लाख ८५ हजारमा एकमुष्ट ब्यापारीलाई वेचेको छ ।
‘मुस्ताङ्गी स्याउ स्वादले परिपक्क हुने बेला भएको छैन तर बजारमा उच्च माग थेग्न तल्लो क्ष्ेँत्रबाट स्याउ टिप्ने गरेका छौं’ स्याउ ब्यापारी कृष्ण तामाङ्ले भने, ‘अहिले मुस्ताङ्बाट स्याउभन्दाबढी गाजर झरेको छ ।’
मुस्ता¨ी स्याउको वास्तविक स्वाद आउने समय कात्तिक हो । असोज १५ पछि टिपेका स्याउमा गुलियो स्वाद आउन थाल्छ । अहिले बजारमा पाईने स्याउ अमिलोपनाबढी छ ।

जात र स्वाद अनुसार थोक ब्यापारीले प्रतिकिलो ८०–९० रुपैया“मा बारीबाट स्याउ टिप्न थालेका छन । ठूला ब्यापारीले बगान नै एकमुष्ठ ठेक्का लिने भएकोले खुद्रा मुल्य बढी परेको हो । सदरमुकाम जोमसोम रहेको घरपझोंग गाउ“पालिकाले संञ्चालन गरेको पुथाङ फलफुल तथा तरकारी संकलन केन्द्रले कृषकबाट प्रति केजी एक सय रुपैया“मा स्याउ खरिद गरी एक सय २० देखी एक सय ५० रुपैया“मा खुद्रा विक्रि गर्ने गरेको छ ।
मुस्ताङको १ हजार २ सय ५७ हेक्टर क्ष्ेँत्रफलमा स्याउ खेती गरिएकोमा ४ सय १५ हेक्टर क्ष्त्रफलबाट मात्र उत्पादन हुने गरेको छ । गत बर्ष मुस्ता¨बाट ५ हजार चार सय ५५ मेट्रिक टन स्याउ निकासी भएकोमा यस बर्ष बढेर ६ हजार नाघ्ने अनुमान गरिएको छ ।

‘यस बर्षको हिउ“दामा धेरै हिउ“ परेकोले मुस्ता¨ी स्याउको चिलिङ टेम्प्रेचर मेन्सन भएकोले स्याउको गुणस्तर राम्रा भएको छ । फल दिने बोट बढेकोले कम्तीमा ६० मे.टन उत्पान बृद्धी हुने अनुमान छ’ मुस्ता¨ समेत हेर्ने कृषी ज्ञान केन्द्रका बागवानी अधिकृत भोजबहादुर थापाले भने, ‘कृषी कार्यालयको अभिलेखमा नआएका निजी क्ष्ेँत्रको लगानीमा छुट्टै २ हजारबढी मे.टन स्याउ उत्पादन हुने अनुमान छ । राज्य पुनःसरंचनापछि स्थानीय तहमा कृषीका कर्मचारी नभएको र रिपोटि¨ मेकानिजम नहु“दा अभिलेख ब्यवस्थित भएको छैन ।’
स्वादमा कहलिएका मुस्ता¨को स्याउ देश–विदेशमा प्रख्यात छ । मार्फालाई स्याउको राजधानी पनी भन्ने गरिएको छ । बसन्ती लालचनको ‘क्या राम्रो स्याउवारी मार्फा गावैको’ गीतले अझ मुस्ता¨ी स्याउलाई परिचित गराएको छ ।
मुस्ता¨मा गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचारेड, रोयल डेलिसियस समेत १३ प्रजातिका स्याउ खेती हुन्छ । मुस्ता¨को मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवा¨, टुक्चे, जोमसोम, कागवेनी, पाक्लि¨, लुप्रा, ताम्बे, आदी गाउ“मा स्याउको राम्रो खेती गरिन्छ ।