आज:  | Sun, 03, Jul, 2022

श्रीमान्–श्रीमति नै अख्तियारको नियन्त्रणमा

२७ भाद्र २०७६, शुक्रबार ०७:४२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २७ भदौ ।स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत एक दम्पत्ती अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन ।आव ०७५/०७६ मा संञ्चालित विभिन्न कार्यक्रम गर्न लिएको पेश्की फर्स्यौट गर्न पेश गरेका वीलभरपाई फर्जी भेटिएपछि हेल्थ असिस्टेन्ट अधिकृत भरत आचार्य र सोही कार्यालयमा कार्यरत राधिका आचार्यलाई अख्तियार दुरुयोग अनुसन्धान आयोग टंगालले नियन्त्रणमा लिएर छानविन अघि बढाएको छ ।भरत र राधिका आचार्य श्रीमान्श्रीमती हुन । हेल्थ असिस्टेन्ट अधिकृत भरत आचार्यले कार्यक्रम संञ्चालन गर्न लिएको ९ लाख र पत्नि अनमी राधिका आचार्यले लिएको ४ लाख बजेटका कार्यक्रमको अस्वभावीक मुल्य राखिएका फर्जी वील फेस गरेको भेटिएपछि आचार्य दम्पत्ति अख्तियारको नियन्त्रणमा परेका हुन ।पेश्की फस्यौट गर्न अस्वभाविक र फर्जी वील पेश गरेका भरत आचार्य आफैले कार्यालय प्रमुख, लेखा शाखा प्रमुख समेतका कर्मचारीले घुस मागेको भन्दै अख्तियारमा उजुरी गरेका थिए । सोही उजुरीमा छानविन क्रममा बयानकालागी अख्तियार पुगेका आचार्य दम्पत्ति उल्टै नियन्त्रणमा परेका हुन ।कार्यालय प्रमुख भीमप्रसाद आचार्य, लेखापाल हरीशंकर शर्माले फर्जि विलको आधारमा पेश्की फस्यौट गर्न नसक्ने बताएपछि उनै भरत आचार्यले कार्यालय प्रमुख भीमप्रसाद, लेखापाल हरीशंकर र जिन्सी शाखाका रघुनाथ रेग्मीले पेश्की फर्स्यौट गर्न घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी गरी पक्राउ गराएका थिए । बिशेष अदालतले पक्राउ परेका कार्यालय प्रमुख भीमप्रसाद, लेखापाल हरीशंकरलाई जनही एक लाख ३० हजार र जिन्सी शाखाका रघुनाथ रेग्मीलाई भने ५० हजार धरौटी लिएर तारेखमा छोडेको छ ।अख्तियारले कार्यालयका फाईल र स्थलगत अनुसन्धान गर्दा उल्टो निवेदकले नै फर्जी वील पेशगरी पेश्की फर्स्यौट गर्न दवाव दिएको खुलेपछि नियन्त्रणमा लिएर छानविन थालेको हो ।भरत दम्पत्तिले कार्यालय प्रमुख, लेखा र जिन्सी शाखा प्रमुख अख्तियारको निययन्त्रणमा लिएको अवसर छोपेर भरत आचार्य र तथ्याङ्ढ प्रमुख मेघनाथ रेग्मीले कार्यालय प्रमुख र लेखा फाँटमा अख्तियारले लगाएको ताला फोडेर फाईल नष्ट गर्ने प्रयास पनि गरेका थिए ।