आज:  | Tue, 05, Jul, 2022

पहिरोले बेनी–जोमसोम सडक बन्द

२२ भाद्र २०७६, आईतवार ११:३१ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
२२, भदौ ।कालीगण्डकी नदीले सडकको वेस कटान गरेपछि बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ ।सदरमुकाम बेनीदेखी ३८ किलोमिटर माथी अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रेभीरमा दुई वटा पहाडको वीचको साँघुरो गल्छीको बलौटे बगरमा निर्माण गरिएको सडक तल कालीगण्डकी नदीले वेस कटान गरेपछि भासिएपछि यातायात अवरुद्ध भएको हो ।‘कडा चट्टान भएका पहाड विचको साँघुरोमा तलबाट कालीगण्डकीले सडक तानेपछि करिव ४ मिटर सडक भासिएको छ । बेनी–जोमसोम सडकमा साईकल चलाउन पनि नमिल्ने गरी सोझो यातायात अवरुद्ध छ’ सडक विभागका स्थानीय सुपरभाईजर रहेका इन्द्रसिं शेरचनले भने, ‘सोमबार देखी विष्फोटनगरी सडकको डाईभर्सन खोल्ने तयारी भैरहेको छ ।’