- पर्यटकीय तथा धार्मिक गन्तब्य सरसफाईमा जुटे मुस्ताङका स्थानीय तह, दुई दिनमा तीन ट्याक्टर फोहोर संकलन |
- किसानी चन्द्रकुन्ता माविकी उर्मिलाले जितिन् ५० हजार |
- बेनीको जोगिगाडेमा ‘रहस्यमयी’ ट्याक्टर दुर्घटना कि घट्ना, घाईतेको अवस्था गम्भीर |
- मुक्तिमार्ग माविमा १० लाखबढीको अक्षयकोष स्थापना |
- १० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले सुरू गरिन गण्डकी कोटिहोममा कथा प्रवचन |
लघुवित्तका कर्मचारीमाथी साँघेतिक आत्रमणगरी रकम लुटियो
- पुनहिल डट कम
- ५ साल अघि
- ४७३ पटक पढिएको

२०, भदौ ।
समुहमा बचत संकलन गरी फर्कने क्रममा मालिका गाउँपालिका, २ रुममा एक महिला कर्मचारीमाथी आक्रमण गरी रकम लुटपाट गरिएको छ ।
नेष्डो नेपाल लघुवित्त कम्पनीकी मालिकाको दरवाङ कार्यालयमा कार्यरत कर्मचारी शुष्मा क्षेक्रीलाई अज्ञात समुहले आत्रमण गरी साथमा रहेको एक लाख २० हजार नगद लुटेर फरार भएको छ । अज्ञान समुहको आक्रमणबाट गम्भीर घाईते क्षेत्रीलाई थप उपचारकालागी हेलिकोप्टरबाट पोखरा स्थित मणीपाल शिक्षण अस्पताल पुर्याईएको प्रहरीले जनाएको छ ।
‘एउटा गाउँबाट समुहमा गरिएको लगानी र बचत संकलन गरी फर्केने समयमा अज्ञात समुहले साँघेतिक आक्रमणगरी रकम लुटेका छन’ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘दुई वटा टोली घट्नास्थलमा परिचालन गरेका छौं । गाउँबाट केही शंकास्पद ब्यक्ति लगत्तै फरार भएकोले छिट्टै अपराधी पत्ता लाग्ने विश्वास छ ।’
नेष्डो नेपाल लघुवित्तको मालिका गाउँपालिका केन्द्र दरवाङ कार्यालयमा कार्यरत शुष्मा क्षेत्रीको घाँटी र टाउकोमा गहिरो चोट लागेको छ । क्षेत्रीको दरवाङ्ग प्राथमिक श्वास्थ्य केन्द्रमा उपचारपछि पोखरा रिफर गरिएको हो । घाँटीको चोटको कारण घाईते बोल्न नसक्ने अवस्था रहेकोले लुटेरा परिचित भए नभएको र घट्नाको थप विवरण खुल्न नसकेको प्रहरीले भनेको छ ।