- Loading...
म्याग्दी पुस्तकालयमा पुस्तक छन्, पाठक छैनन्
- पुनहिल डट कम
- ५ साल अघि
- ५८४ पटक पढिएको

म्याग्दी, १५ भदौ ।
म्याग्दी सामुदायीक पुस्तकालयमा अहिले भौतिक वस्तुको क्नुै खाँचो छैन, हरियो रंगको सफाचट जुटकार्पेट, चिटिक्क मिलाएका चिल्ला फर्निचर, विविध विधाका ८ हजारबढी पुस्तक छन । तर प्रयाप्त पाठ्य सामाग्रीको उपलब्धता भएपनि पाठक संख्या भने ज्यादै न्युन । कुर्ची रिक्ता छन । पुस्तकालय शुनसान छ । पुस्तक मध्य अधिकांश नेपाली साहित्यका छन् । अंग्रेजी भाषा र हिन्दी साहित्यका पुस्तक धेरै रहेका छन् । दर्शन, राजनिती, धर्मशास्त्र लगाएत विविध विधाका पुस्तक पनी प्रयाप्त छन् । तर यी विधाका पुस्तक पढ्ने पाठक करिव शुन्य छन् ।
‘लोकसेवा र हाँजिरी जवाफ तयारीका कर्मचारी, विद्यार्थी मुस्किलले ५ जना छन । बाँकी फेसवुक र युट्युव चलाउने मात्र हुन’ लाईव्रेरियन अतुल राजभण्डारीले भने, ‘पुस्तकालयका आजिवन सदस्य मात्र होइन, पुस्तकालय संञ्चालक समेत दिवस मनाउन मात्र आउँछन । त्यैपनि सवै आएका छैनन ।’
पुस्तकालायको अभिलेख अनुसार दैनिक १०–१२ जना पाठक पुस्तकालय पुग्छन । पुस्तकालय पुग्ने अधिकांश पुस्तक पढ्न होईन फेसबुक चलाउन र युट्युवमा भिडियो/फिल्म हेर्न छन । निःशुल्क ईमेल/ईन्टरनेट उपलब्ध भएकोले पुस्तकालय पुस्तकका पाठकले होईन फेसवुक, युट्युवका क्रेजीको अखडा भएको छ । पुस्तकालयमा आएर इन्टरनेटबाट कृषी, पशुपालन वा अन्य सन्दर्भ सामाग्री खोज्न आउनेको महिनामा १–२ जना मात्र छन ।
कर्मचारी लोकसेवाको र हाँजिरी जवाफ तयारीमा आउने साहित्यकारको नाम, जन्ममिती र कृती प्रकाशन मिती हेर्ने बढी छन् । एकदुई जना पत्रपत्रिका पढ्न आउने गर्छन् । पुस्तकालयमा दश हजार तिन सय ३२ पुस्तक छन् । पुस्तक मध्य अधिकांश नेपाली साहित्यका छन् ।
‘हिजो राजनैतिक रुपमा विचार स्वतन्त्रता नहुँदा पुस्तकालय सचेत समुह जमघट हुने थलो थियो । अन्य संघसंस्था नभएकोले पुस्तकालय सवैको आर्कषण थियो । तर राजनैतिक परिवर्तनसँगै स्कुल/कलेजको तीव्र विकासले पुस्तकालयको आवश्यकता कम भएको हो’ पुस्तकालयका पूर्व अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘हार्डकपी पुस्तकालयलाई डिजिटल पुस्तकालयले विस्थापित गर्दै गएको छ । पुस्तकालयको स्वरुप फेरिएपनि महत्व फेरिएको छैन ।’
पुस्तकालयमा पाठक संख्या घट्रदै गएको अवस्थामा म्याग्दी सामुदायीक पुस्तकालयले पाठक कक्षमै आईतवार १२ औं फुस्तकालय दिवस मनाएको छ । कार्यक्रमका अधिकांश वत्ताले पुस्तकालयको महत्व नघटेको र दुर्गम भेगमा पुस्तकालयको महत्व अझबढी भएको बताए । बैदेशिक रोजगारी र आधुनिक संञ्चारको सहज पहुँचले पुस्तकमा भन्दा गुगलमा रम्ने बढी छन ।
‘ज्ञान आर्जन गर्न पुस्तक पढ्ने संस्कृतिमै परिवर्तन आएको छ । आजको पुस्ता गुगल नै सवथोक देखेको छ । सतही ज्ञानमा भुलेको छ’ पुस्तकालयका अध्यक्ष सन्तोष रावलले भने, ‘त्यसैले पुस्तकालय भित्र कम्प्युटर राखेर इ लाईब्रेरि पनि स्थापना गरेका छौं ।’
पुस्तकालयले अध्ययन कक्ष बाहेक, बालकक्ष, श्रब्य–दृष्य, संगित, खेलकुदका सामाग्री पनि उपलब्ध छ । इन्टरनेटबाट आवश्यक सूचना खोज्न र प्रिन्ट गर्न पुस्तकालयले छुट्टै २ वटा कम्प्युटर राखेको भएपनि उपयोग गर्न कोही आएका छैनन ।
‘पुस्तक पढ्ने संस्कृति हराउँदै गएको छ । आफ्नै पढ्ने बानी घट्दो छ’ दिवस मनाउन पुस्तकालय पुगेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘ज्ञान आर्जनको शैली फेरियो तर महत्व घटेको छैन । इ–पुस्तकालय फेरिदो शैलीको प्रमाण हो ।’
म्याग्दी सामुदायिक पुस्तकालयले छुट्टै वाल पुस्तकालय पनि संञ्चालन गरेको छ । वालपुस्तकालय भने दैनिक २०–२२ जना बालबालिका आउने गरेका छन । उनीहरुले दैनिक वालकथा र कविताका पुस्तक पढ्छन । एक सय रुपैयाँ धरौटी राखेर पुस्तक घर लैजानेर पढेर फिर्ता गर्न पनि पाईन्छ । वाल पुस्तकालय आईतवार बाहेक सवै दिन दिउँसो ३ बजेदेखी साँझ ६ बजेसम्म खुल्ला रहन्छ । वि.सं. २०२७ सालमा स्थापित म्याग्दी पुस्तकालय जिल्लाको सवैभन्दा जेठो हो । तर अहिलेको पुस्तकालयको स्वरुप झने ०६० चैत ७ गते राती माओवादीले सदरमुकाम बेनी आक्रमणत्रममा भौतिक संरचनाबाहेक पुराना र महत्वपूर्ण २० हजारबढी पुस्तक जलेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
