FLASH NEWS
  • Loading...

रहुघाट जलविधुतको जीप दुर्घटना, इन्जिनियरसहित चार घाईते

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३५८ पटक पढिएको
रहुघाट जलविधुतको जीप दुर्घटना, इन्जिनियरसहित चार घाईते

१७, भदौ ।

निर्माणाधिन रहुघाट जलविधुत अयोजनाको ग ३ च २२७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सिभिल इन्जिनियर सहित चार मजदुर घाईते भएका छन ।

रघुगंगा गाउँपालिका, ३ पिप्लेको वरखर्धमा मंगवार दिउँसो १ बजे कार्यस्थल अडिट दुईबाट क्याम्प तर्फ जाँदै गरेको जीप सडकदेखी तल खस्दा आयोजनाका सिभिल इन्जिनियर काठमाण्डौ महानगरपालिका, २४ का शैलेश शाक्य, रुपन्देही बुटवलका बुघिसागर न्यौपाने, सुनपाती, ४ वेथान रामेछापका विसन घिसिङ र जीप चालक मंगला गाउँपालिका, ५ अर्मन म्याग्दीका ओमबहादुर पुन घाईते भएका प्रहरीले जनाएको छ ।

घाईतेमध्य बढी चोट लागेका घिसिङ, न्यौपाने र पुनलाई बेनी अस्प्तालले थप उपचारकालागी काठमाण्डौ रेफर गरेको हो । इन्जिनियर शाक्यको भने बेनी अस्पतालमै उपचार भैरहेको छ । घाईते सवै आयोजनाको ठेकदार भारतिय कम्पनी जयप्रसाद (जेपी) एशोसिएटस्सँग आवद्ध हुन ।

‘राहुघाट जलविधुत आयोजना निर्माणमा संलग्न इन्जिनिय समेत कर्मचारी सवार वोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा घाईतेमध्य बढी गम्भीर विरामीलाई काठमाण्डौ रिफर गरिएको छ’ प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘संयोगले गाउँपालिका अध्यक्षले दुर्घट्ना देखेपछि स्थानीय र प्रहरीको सहयोगमा तत्काल उद्धार संभव भएको थियो ।’