FLASH NEWS
  • Loading...

म्याग्देली विद्यार्थी परिवारको दशौं सम्मेलन सम्पन्न

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४२८ पटक पढिएको
म्याग्देली विद्यार्थी परिवारको दशौं सम्मेलन सम्पन्न

म्याग्दीबाट काठमाण्डौ रहेर विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको साझा मञ्च ‘म्याग्देली विद्यार्थी परिवार’ दशैं सम्मेलन शनिवार सम्पन्न भएको छ ।

म्याग्देली विद्यार्थी परिवारका संस्थापक अध्यक्ष तथा सरस्वती क्याम्पस सोसोलोजी विभाग प्रमुख शुशिला शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले धौलागिरी गाउँपालिकाकी केशरी शर्माको अध्यक्षतामा १५ सदस्यीय म्याग्देली विद्यार्थी परिवारको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । सम्मेलनबाट परिवारको उपाध्यक्षमा किशोर पौडेल (बेनी नगरपालिका), सचिवमा सरिता थापा (मंगला गाउँपालिका) र कोषाध्यक्षमा मंगला गापाकै झलक पुन चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा दामोदर शर्मा (मंगला गापा), गोकर्ण बरुवाल (अन्नपूर्ण गापा), संगीता न्यौपाने (बेनपा), बालिका पौडेल (धौलागिरी गापा), मदल सापकोटा (मंगला गापा), प्रदीप पौडेल (बेनपा), आनन्द पौडेल (बेनपा), दीनेश कार्की (रघुगंगा), सन्दीप थापा (मंगला), सन्दीप निउरे (बेनपा) र विनोद खत्री (मंगला गापा) निर्वाचिन भएका छन ।
एन्जल हार्ट माध्यामिक विद्यालय मनमैजुमा आयोजित सम्मेलनमा सल्लाहकार धन पुन, दिल बुढाथोकी र टक थापा लगाएतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।
फोटो/समाचार ः सरिता थापा