Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सलाम ! चन्द्र केसी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ७१३ पटक पढिएको
सलाम ! चन्द्र केसी

म्याग्दी, १४ भदौ ।
अन्नपूर्ण गाउापालिका, ७ हिस्तान औलकी ९ महिने सियाना रन्तिजाको जीवन बचाउर्ने कलेजोदाता चन्द्र केसीलाई सम्मान गरिएको छ ।
संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका, ८ शिक्षा मार्गका चन्द्र केसीलाई ओमकुमारी शान्ति कोषले सम्मान गरेको हो । कार्यक्रममा कलेजो प्रत्यारोपणपछि नयाा जीवन बााचेपछि पहिलो पटक जिल्ला फर्केकी सियानालाई फुलगुच्छाले स्वागत गरियो । कलेजोदाता केसीलाई जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर कटुवालले कदर पत्रले सम्मान गरे । सियानालाई भने नेकपा अध्यक्ष गोविन्द पौडेलले वल्दो पानस उपहार दिएर उज्जल भविस्यको कामना गरे ।

पित्तथैली र कलेजोको समस्याबाट ग्रस्त ९ महिने बालिका सियाना रन्तिजालाई मानवताबादी अभियन्ता चन्द्रकुमार केसीले भारतको नयाा दिल्ली स्थित गंगाराम अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गराएका थिए । केसीको ३० प्रतिशत कलेजो झिकेर सियानालाई प्रत्यारोपण गरिएको थियो ।
आफन्तको कलेजो नमिलेपछि जीवनमरणको अवस्थामा एक बालिका रहेको जानकारी आएपछि चन्द्र केसीले भारतको गंगाराम अस्पतालमा पुगी आफ्नो कलेजो दिन मिल्ने/नमिल्ने परिक्षणपछि डाक्टरको सुझाव अनुसार प्रत्यारोपण गरिएको हो ।
ओमकुमारी शान्ति कोषको अधिवेशन उद्घाटन
जिल्लामा आर्थिक अभावकै कारण अस्पताल पुग्न नसक्ने र थप उपचार गर्न नसकी ज्यान गुमाउन बाध्य विरामीको उपचारमा सहयोग जुटाई मानवीय सेवामा सर्मपित संस्था ओमकुमारी शान्ति कोषको तेस्रो अधिवेशन शनिवार बेनीमा सुरु भएको छ । संस्थाको अधिवेशनको सांसद भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे । ०६१ सालमा हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित ओमकुमारी पुन (शान्ति)को उपचारपछि बचेको १३ लाख रुपैयाँबाट स्थापना गरिएको हो ।
‘शान्ति पुनलाई बचाउन सकेनौं । त्यसैले आर्थिक अभावले उपचार नपाएका विपन्न विरामीको उपचारमा सहकार्य गर्ने निर्णय ग¥यौ । अभियानबाट एक सय ५ जना विरामीको उपचारमा १ करोड ८३ लाख २४ हजारबढी सहयोग जुटाएका छौं’ ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले भने, ‘सियाना रन्तिजा बचाउन कलेजो दाता ब्यवस्थाा गर्ने, दाताको तर्फबाट अस्पतालमा गर्ने सवै खर्च पनि संस्थाले ब्यहोरेका छौं । थप धेरै अप्ठ्यारो परिस्थितीका विरामीको उपचारमा निरन्तर जुट्छौं । एक थुकी सुकी सय थुकी नदी हाम्रो आदर्श अभियान हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल