आज:  | Sun, 03, Jul, 2022

छात्रा फुटवलको उपाधी माउण्ट एभरेष्ट माविलाई

१४ भाद्र २०७६, शनिबार १६:२२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १४ भदौ ।बेनीमा सम्पन्न न्यू दोभान क्लवले आयोजना गरेको प्रथम अन्तर माध्यामिक विद्यालय स्तरीय नाईन ए साईड छात्रा फुटवल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवसीय माध्यामिक विद्यालय महारानीथानले हात पारेको छ ।क्लवका पूर्व अध्यक्ष स्व. अनन्त गिरीको स्मृतिमा आयोजित छात्रा फुटवल प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा म्याग्दी बहुमुखी क्याम्पसलाई शुन्यका विरुद्ध तीन गोलको अग्रता सहित माउण्ट एभरेष्टले उपाधी हात पारेको हो ।विजेता र उपविजेताले क्रमश ः तीस र विस हजार नगदसहित ट्रफि, मेडेल र प्रमाण पत्र हात पारे । प्रतियोगितामा माउण्ट एभरेष्टी डिम्पस गुरुट्ट उत्कृष्ट खेलाडी, माउण्टकै दिपा रोका सर्वाधिक गोलकर्ता र म्याग्दी एकेडेमी सिङ्गाले अनुसासित टिमको पुरस्कार प्राप्त गरे । प्रतियोगितामा म्याग्दी, बाग्लुङ्ग र पर्वतका १३ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ ।