FLASH NEWS
  • Loading...

नासिदै म्याग्दीका प्राचिन स्मारक

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ६५६ पटक पढिएको
नासिदै म्याग्दीका प्राचिन स्मारक

म्याग्दी, भदौ ११ गते ।

स्थापत्यकालको दृष्टिकोणले महत्व राख्ने एक सय बर्ष नाघेका सम्पदा र सभ्यताको  महत्व नबुझ्दा एतिहासिक मन्दीर तथा पुरातात्वीक बस्तु गुमनाम मात्र छैनन, नासिदै गएका छन । एतिहासिक सम्पदाको जीर्णोद्वार गरी संरक्षण गर्नु पर्नेमा धमाधम भत्काएर आरसिसि कंकिट मन्दीर निर्माण गर्न थालिएको छ ।

संरक्षकको दायित्व बोकेका निकायको वेवास्ता र स्थानीयले महत्व नबुझ्दा बर्तमान तथा सन्ततिकालागी पूर्वजले बनाएका ऐतिहासिक स्मारक, देवस्थलको अस्तित्व नासिदै गएका हुन । कंक्रिटबाट घर तथा भवन निर्माण गर्ने प्रचलन बढेसँगै नेपाली प्रविधीबाट निर्मित एतिहासिक मठमन्दीर, पाटीपौवा, पुराना घर तथा मौलिक प्रविधी पनि नास हुँदै गएका हुन ।

चार वर्षअघि धौलागिरी गाउँपालिका, ७ ताकमस्थित कम्तीमा ५ सय बर्ष पुराना एतिहाँसिक एवं प्राचिन सम्पदा रहेको ताकमकोट मन्दीर ०७२ सालको भुकम्पले क्षति पुर्‍याएपछि स्थानीयले विभिन्न क्षेत्रमा आर्थिक सहयोग जुटाई २ करोड २० लाखको लागतमा आरसिसि ढलानको स्वरुपमा निर्माण भैरहेको छ ।

‘भुकम्पले मन्दीर आंशिक भत्केपछि पुनःनिर्माण गर्न पुरातत्व विभागमा निवेदन लिएर गएका हौं । पुरातत्व विभागले भित्री संरचना नविगारी बाहिरी भाग पुनःनिर्माण गर्नु भनेकोले गुरुयोजना बनाई मन्दीर पुननिर्माण थालेका हौं’ ताकमकोट मन्दीर पुननिर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले भने, ‘गण्डकीदेखी पश्चिम ठूलो भुकम्पको जोखिम छ भन्ने सुनेका छौं । ढुट्टामाटोको भन्दा बलियो बनाउन आरसिसि संरचनामा मन्दीर बनाएका हौं । गर्भगृह छोएका छैनौं ।’

 

तारापति थापा नेतृत्वमा जुम्लाबाट आएका रन्के मगर, जैचन छन्त्याल, भृगु सुवेदी, पर्वे दमाई, लामगाडे कामी र रमाकान्त पौडेलले स्थापना गरेको ताकम राज्यमा विस १२४६–१५४५ कालमा ताकमकोट मन्दीर निर्माण भएको किम्बदन्ती छ ।

ताकमा विस १२४६–१५४५ सम्म बगाले थापापछि १८८२ असोज १४ गतेसम्म समालवंशी मल्लहरुले शासन गरे । विस १८४३ असोज १४ गते काली अमरसिंह थापा नेतृत्वमा आएको गोर्खाली सेनाले ताकम राज्यलाई नेपालमा एकिकरण गरेको इतिहाँस छ । ताकमकोट मन्दीर मात्र होईन तत्कालिन पर्वत राज्यका राजा समालवंशी मल्ल राजा दिलिपबम मल्ल (डिम्म)ले १५६० सालमा स्थापना गरेको बेनी नगरपालिका, ५ गाजने स्थित जगन्नाथ मन्दीरको पनि स्वरुप परिवर्तन गरिएको छ ।

५ सय बर्ष पुरानो एतिहासिक जगन्नाथ मन्दीरको स्वरुप परिवर्तन गरी २०३८ सालमा प्यागोडा शैलीमा पहिलो र २० बर्ष नपुग्दै स्थानीयले पुनः स्वरुप परिवर्तन गरी जगन्नाथको शिखर शैलीको आरसिसि मन्दीर बनेको छ ।

‘मन्दीर बलियो हुने विश्वासमा आरसिसि गरेका हौं । पुरातत्वीक महत्वको बारेमा हामी अनभिज्ञ छौं’ जगन्नाथ गुठी संञ्चालक समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलले भने, ‘मन्दीर जीर्ण भएकोले भारतको उडिसामा रहेको प्रख्यात जगन्नाथ देवताको मन्दीरको एउटा शाखा मानिएकोले उस्तै बनाउन यो स्वरुपमा मन्दीर बनाएका हौं ।’

शारिरिक रुपमा असक्त राजा डिम्बले कठोर आराधानागरी सपनामा दर्शन पाएपछि आफ्नो दरवार नजिकै जगन्नाथको मन्दीर बनाएको किम्बदन्ती छ । यीनै डिम्ब मल्लको ढोलठान स्थित दरवार स्थल अस्तित्वमा छैन । दरवार रहेको स्थानमा खोतल्दा इट्टाका टुक्रा भेटिए पनि अरु अस्तित्व भेटिदैन । दरवार नजिकै रहेको उनी राजले स्थापना गरेको देवी दुर्गा भगवतीको घतानकोट मन्दीरको अहिले धमाधम स्वरुप परिवर्तन गरी आरसिसि ढलानको बनाईदै छ ।

बेनी नगरपालिका, ५ पुलाडाँडामा अवस्थित हिन्दु धार्मिक ग्रन्थ अनुसार पौराणीक राजा ऋषी पुलत्सको तपोभुमिलाई ‘पदमै’ भनिन्छ । यहाँ सांख्य दर्शनका महामुनी कपिलले तपस्या गरेको र होमकुण्डको अवषेश अझै रहेको विश्वास छ । पौराणिक मान्यता अुनसार लंकाका राजा पुलत्स्यका नाती रावणले यहाँ धार्मिक यात्रा गरेका थिए । पुलस्त्य ऋषीको आश्रम/दरवारको स्वरुप प्रश्ट नभएपनि प्राचिन सम्पदा रहेका ‘पुलाहश्रम’ मा अहिले आरसिसि ढलानयुक्त रंगिन मन्दीर बनेको छ ।

स्मारक श्रृखला १

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल