- Loading...
मोना न्युजिल्याडमा दिनेश कार्की
- पुनहिल डट कम
- ५ साल अघि
- ५०२ पटक पढिएको

म्याग्दी, ९ भदौ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) न्युजिल्याण्डको हालै सम्पन्न अधिवेशनबाट २०१९–२०२१ कार्यकालकालागी दिनेश कार्की अध्यक्षमा निर्वाचित भएका छन ।
समितिको तीन उपाध्यक्षमा भरत घर्ती, बेल पुन श्रेष्ठ र सन्तोष थापा, सचिवमा हरि सापकोटा, कोषाध्यक्षमा सुमन कार्की, सहकोषाध्यक्षमा सत्यजंग थापा र सदस्यमा कुमार के.सी, ध्रुब थापा, अनिष पौडेल र देव थापा चयन भएका छन । रहनुभएको छ । यो कार्यसमितिको कार्यकाल २०२१ सम्म रहने जनाइएको छ ।
मोना आइसीका अध्यक्ष चक्रबहादुर थापा, एनआरएनए न्युजील्याडका अध्यक्ष लालबहादुर केसी, पुर्व अध्यक्ष टिकाजंग थापा, मोनाका सहकोषाध्यक्ष लोकनाथ पौडेलको उपस्थितीमा बैठक सम्पन्न भएको थियो ।
आगामी असोज १४ देखि १६ गतेसम्म म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आयोजना गरिएको मोनाको तेस्रो महाधिवेशनको तयारीका क्रममा विभिन्न देशमा साधारणसभा र अधिवेशन भइरहेका छन् । रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा मोना रहेको छ । १९ देशमा मोनाको राष्ट्रिय र दुई वटा देशमा क्षेत्रीय समिति छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
