आज:  | Sat, 25, Jun, 2022

मोना न्युजिल्याडमा दिनेश कार्की

९ भाद्र २०७६, सोमबार १०:५७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, ९ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) न्युजिल्याण्डको हालै सम्पन्न अधिवेशनबाट २०१९–२०२१ कार्यकालकालागी दिनेश कार्की अध्यक्षमा निर्वाचित भएका छन । समितिको तीन उपाध्यक्षमा भरत घर्ती, बेल पुन श्रेष्ठ र सन्तोष थापा, सचिवमा हरि सापकोटा, कोषाध्यक्षमा सुमन कार्की, सहकोषाध्यक्षमा सत्यजंग थापा र सदस्यमा कुमार के.सी, ध्रुब थापा, अनिष पौडेल र देव थापा चयन भएका छन । रहनुभएको छ । यो कार्यसमितिको कार्यकाल २०२१ सम्म रहने जनाइएको छ । मोना आइसीका अध्यक्ष चक्रबहादुर थापा, एनआरएनए न्युजील्याडका अध्यक्ष लालबहादुर केसी, पुर्व अध्यक्ष टिकाजंग थापा, मोनाका सहकोषाध्यक्ष लोकनाथ पौडेलको उपस्थितीमा बैठक सम्पन्न भएको थियो । आगामी असोज १४ देखि १६ गतेसम्म म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आयोजना गरिएको मोनाको तेस्रो महाधिवेशनको तयारीका क्रममा विभिन्न देशमा साधारणसभा र अधिवेशन भइरहेका छन् । रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा मोना रहेको छ । १९ देशमा मोनाको राष्ट्रिय र दुई वटा देशमा क्षेत्रीय समिति छन् ।