आज:  | Tue, 05, Jul, 2022

मोसो दलेर वडाध्यक्षलाई अभद्र ब्यवहार

३० श्रावण २०७६, बिहीबार ०७:५३ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, ३० साउन ।चन्द समुहका कार्यकर्ताले बेनी नगरपालिका, २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो दलेर अभद्र ब्यवहार गरेका छन ।विहिवार दिउँसो १२ बजे भकुण्डे स्थित वडा कार्यालयको कार्यकक्षमै पुगेका चार जना नेकपा चन्द समुहका नकावधारीले चप्पलको मालासहित मोसो दलेर भागेको प्रहरीले बताएको छ । वडाध्यक्ष थापालाई मासो दलेर अभद्र ब्यवहार गरेपछि फोटो खिचेर स्थानीय संञ्चारमाध्यममा प्रकाशन गर्न भन्दै पठाएका थिए । थापा विरुद्ध वडाको वजेट मनखुसी बाँडेको, शिफारिस समेतका राजश्व हिनामिनागरी भ्रष्टाचार गरेको आरोप लगाईएको छ ।‘३ जना मास्क भर्खरका युवा र एक जना ४८–५२ बर्षका साधारण स्थानीय माओवादी चन्द समुहका कार्यकर्ताले कार्यकक्षमा प्रवेशगरी मोसो दलेपछि फोटो खिचेर हिँडेका छन’ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘प्रहरी घट्नास्थल तर्फ परिचालन गरेका छौं । घट्नामा संलग्न सवै स्थानीय हुन । यस अघि पटक पटक फरक–फरक नम्बरबाट फोन गरी धम्क्याउने गरेको देखिन्छ ।’