Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

जाउँ है, घोडेपानी मोटर चढेर

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३६३ पटक पढिएको
जाउँ है, घोडेपानी मोटर चढेर

म्याग्दी, २९ साउन ।
म्याग्दीको प्रख्यात पर्यटकीय गन्तब्य घोरेपानी/पुनहिलमा मोटरबाटो जोडिएको छ ।
असार/साउनको झरिवादल नभनी सडक निर्माण भएपछि अव घोडेपानीसम्मै मोटर चढेर पुग्न सकिने भएको हो । पर्यटनको लाभ सवै वस्ती र समुदायले लिन नसकेको भन्दै पदमार्गमा मोटरबाटो निर्माण गर्ने/नगर्ने विभाजित मतका विच बहुमतले सडक निर्माण गरेको थियो ।

‘मोटरबाट अव सवैको आवश्यकता बन्यो । पर्यटकको परिभाषा पनि फेरिदै जान थालेको छ । पदयात्रा रुची राख्नेकालागी वैकल्पिक मार्ग छ’ घोडेपानीका पर्यटन ब्यवसायी समेत रहेका अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘यो सडक अन्नपूर्ण गापा ६ र ७ को मात्र होईन कास्कीको घान्दुक र उल्लेरी क्षेत्रको पनी लाईफलाईन बन्न सक्छ ।’
गण्डकी प्रदेश सरकारको ३२ लाख ७० हजार तथा अन्नपूर्ण गाउँपालिकाको १५ लाख लागतमा चित्रे देखी ५ किलोमिटर ट्रयाक खनेपछि घोरेपानी मोटरबाटोले जोडिएको हो । गण्डकी प्रदेशको ५३ लाख ४० हजार लागत इष्टिमेट भएपनि उपभोक्ता समितिले जनश्रमदानसहित ३६ लाख ३८ हजार वीलमा लक्षित सडक निर्माण गरेका हुन ।

‘प्राविधिकको लागत इष्टिमेट भन्दा धेरै थोरै वीलमा सडक निर्माण गरेका छौं’ चित्रे–घोरेपानी सडक उपभोक्ता समितिका अध्यक्ष विरेन गर्वुजा पुनले भने, ‘इष्टिमेटभन्दा झण्डै १८ लाख कम खर्चमा सडक निर्माण भयो । बचेको पैसा विल बनाएर राखेनौं, प्रदेश सरकारको खाता मै फिर्ता गरेका छौं ।’
सदरमुकाम बेनीदेखी १८ किमी उत्तर बेनी–जोमसोम–कोरला सडकको पोखरेबाट घार–शिख–चित्रे घोरेपानीबाट कास्कीको उल्लेरी–विरेठाँटीहुँदै नयाँपुल स्थित पोखरा–बाग्लुङ्ग भुमि शेरचन मार्गमा जोड्ने लक्ष्य छ । बेनी–जोमसोम सडकमापर्ने अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगरबाट चित्रेसम्म राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित अर्न्तगत १८ किमी ५ सय मिटर कच्ची सडकमा सव वेस/वेस र कालोपत्रे सडक निर्माण सुरु भएको छ ।

‘पर्यटकीय गन्तब्य घोरेपानी अव मोटरबाटोले जोडिएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उपभोक्ता समितिले सडक निर्माण गरेका हुन’ पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इन्जिनियर रविन चोखालले भने, ‘बर्खामा खनिएको ट्रयाक मनसुनपछि एक पटक सामान्य फिनिसिङपछि गाडी चल्न सक्छन ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रवेशद्धार विरेठाँटी–उल्लेरी–घोरेपानी– पोखरे (तातोपानी) अन्नपूर्ण चक्रिय पदमार्गका मुख्य वस्ती हुन । कास्की अन्नपूर्ण गाउँपालिकाले उल्लेरीबाट उकालो र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले घोरेपानी क्रसगरी तल वनठाँटी तर्फ सडक खन्दै छन । घोरेपानी–उल्लेरी करिव १५ किमी सडक जोडिएपछि अन्नपूर्ण ‘पदमार्ग’ पुरै सडक मार्गमा रुपान्त्रण हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल