FLASH NEWS
  • Loading...

म्याग्देली साहिलको ‘सरिम लाउने’ म्युजिक भिडियो सार्वजनिक

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८४ पटक पढिएको
म्याग्देली साहिलको ‘सरिम लाउने’ म्युजिक भिडियो सार्वजनिक

अन्नपूर्ण गाउँपालिका, ६ घारका स्थाई बासिन्दा शाहिल खड्काको शब्द, संगीत तथा स्वर रहेको तेस्रो गीत/म्युजिक भिडियो ‘सरिम लाउने’ रिलिज गरेका छन ।

हास्य श्रृखला भद्रगोलकी पात्र मुन्नी अर्थात प्रियना आचार्य र गायक साहिल खड्काद्वारा अभिनित म्युजिक भिडियोमा दीपक आचार्यले निर्देशन गरेका छन ।

भिडियोमा प्रीयना दोहोरो भुमिकामा प्रस्तुत भएकी छिन । असफल प्रेमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियोको सुप्रिम पराजुलीले सम्पादन, सागर मगरको कोरियोग्राफि र बुद्ध थापाले छायाङ्ढन गरेका हुन ।

साहिलको यस अघि ‘त्यो मनमा मेरो लागि’, के यो मायाँ हो ?’ र ‘कालो कोठी गालैमा’ लोकपप म्युजिक भिडियो सार्वजनिक भएका छन । ‘सरिम लाउने’ खड्काको चौंथो म्युजिक भिडियो हो ।

बाबु रामबहादुर खड्का माओवादी विद्रोहमा लागेको आरोपमा शसस्त्रद्वन्द्वकालमा राज्य पक्ष (नेपाली सेना)को चरम यातना खप्न नसकेपछि आमा, भाई र बहिनीसहित काठमाण्डौको सडकमा विस्थापित भएका साहिल फुटपाथबाट उठेका कलाकार हुन । फुटपाथको नाङ्लो पसलबाट उठ्दै साहिल परिवार हाल जापान निर्वासित छ । नेपाली गीतसंगितमा रमाएका साहित भने जापानको रोजीरोटी छोडेर नेपाल फर्केका हुन ।