Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

ट्याक्टरमा बाँडेको पानीले तिर्खा मेट्दै बेनीबासी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४४७ पटक पढिएको
ट्याक्टरमा बाँडेको पानीले तिर्खा मेट्दै बेनीबासी

म्याग्दी, २५ साउन ।

सदरमुकाम बेनीमा वितरण गरिएको खानेपानी एक सातादेखी अवरुद्ध हुँदा हाहाकार छ । बेनी नगरपालिका, ७ र ८ वडा कार्यालय, विभिन्न संस्था र ब्यक्तिले ट्याक्टरमा ल्याएर बाँडेको पानीले बेनीबासी तिर्खा मेट्न बाध्य छन । खानेपानी आपूर्ति बन्द भएपछि स्थानीयबासीलाई मात्र होईन, प्रहरी, सेना, विद्यालयका छात्राबास समेत ब्यारेकमा बस्ने समुदाय शौचालयमा प्रयोग गर्ने पानीको समेत समस्या भएको छ ।

महिनौंदेखी खानेपानीको समस्या उस्तै किराल छ, किन ? बेनी–जोमसोम सडक सुधार गर्ने क्रममा बेनीमा खानेपानी ल्याएको मुख्य पाईपलाईनमा क्षति पुर्‍याएपछि आपूर्ति बन्द भएको हो । बेनी–जोमसोम सडकको गलेश्वर–बैंसरी ८ किलोमिटर खण्डमा राखिएको खानेपानीको जिआई पाईप समस्या आउने गरेको छ ।

सडक विस्तार गर्न भित्ता काटिएकोले विभिन्न ठाउँमा पहिरो खस्दा कान्लामा विच्छाएको पाईप भाँचिने र फुट्ने गरेको छ । सडक निर्माण भैरहेकोले जिआई पाईपको सट्टा कालो पोलिथिनको पाईपबाट पानी चलाउन खोजिएको छ । तर कमजोर गुणस्तरको पाईप प्रयोग गरिँदा पानीको प्रेसर थेग्न नसकेर फ्ट्ने समस्या उस्तै छ ।

‘ठेकदारले लापरबाही गर्दा खानेपानीको पाईप फ्ट्नुे गर्छ । कहिले डोजरले फुटाल्छ त कहिले पहिरो पाईप लाईन नै खसाल्छ । सम्झौता अनुसार विग्रेको पाईप लाईन ठेकदारले निर्माण गर्नु पर्ने हो तर समयमा बनाउँदैन’ बेनी उपभोक्ता संस्थाका अध्यक्ष शुभाष श्रेष्ठले भने, ‘हामी आजित छौं । मान्छेको पहिलो अधिकार खानेपानी हो । तर सडक आयोजनाको लापरबाही र ठेकदारको हेलचक्राईले बेनीबासीले खानेपानी नपाएका हुन । अव उपभोक्ता आन्दोलनमा उत्रने र सडक विभाग विरुद्ध अदालत जान्छौं ।’

बेनीमा खानेपानी आपूर्ति बन्द भएको यो एक साता मात्र होईन । बैशाख देखी नै बेनीको खानेपानी वितरणमा पटक–पटक समस्या आउँन थालेको हो । बेनीमा खानेपानीको हाहाकार भएपछि बेनी नगरपालिका ७ र ८ वडा कार्यालय, विभिन्न युवा क्लव, ब्यक्ति र सामाजिक संस्थाहरुले ड्रममा पानी बोकेर बेनीमा वितरण गर्ने गरेका छन । बेनी वरपरको पाखाबाट निजी धारा ल्याएका ब्यक्तिले घरबाहिर धारा निकालिदिएका छन ।

‘बेनीमा लामो समयदेखी लगातार खानेपानी आपूर्ति बन्द भएपछि नगरपालिकाले ट्याक्टर र ड्रम भाडामा लिएर विभिन्न मुलबाट खानेपानी लिएर बेनीबासीलाई वितरण गरेका छौं’ बेनी नगरपालिकाका सदस्य कृष्णकुमार विकले भने, ‘बेनीका विभिन्न संघसंस्थाको सहयोगमा नगरपालिकाले टोलटोलमा पुगेर खानेपानी वितरणमा सहयोग गरिरहेका छौं ।’

सडकको बेनी–तातोपानी २० किमी पहिलो खण्डमा शर्मा/युनाईटेड जेवि कम्पनीले खानेपानी मर्मत गर्न काम लगाएर मजदुरलाई ज्याला नदिएको हो । बेनी–गलेश्वर–राउपारेसम्मको ८ किमी खण्डमा राखिएको जिआई पाईपलाईनमा सडक खन्दा समस्या आएपछि कालो पोलिथिन पाईप पनि राख्न थालिएको छ ।

१२ बर्ष अघि एशियाली वैंकका ५ करोड ऋणमा पुम्दीखोलाबाट १८ किलोमिटर प्रशासरण लाईन र १३ किमी वितरण लाईनबाट बेनीका १ हजार ३३ घरधुरीका १८ हजार ५ सय ९७ जनालाई खानेपानी वितरण गरिएको छ । बेनी खानेपानी संस्थासंग अझै १ करोड ६० लाख ऋण रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल