FLASH NEWS
  • Loading...

मोसो दलेर वडाध्यक्षलाई अभद्र ब्यवहार

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३३३ पटक पढिएको
मोसो दलेर वडाध्यक्षलाई अभद्र ब्यवहार

म्याग्दी, ३० साउन ।

चन्द समुहका कार्यकर्ताले बेनी नगरपालिका, २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो दलेर अभद्र ब्यवहार गरेका छन ।

विहिवार दिउँसो १२ बजे भकुण्डे स्थित वडा कार्यालयको कार्यकक्षमै पुगेका चार जना नेकपा चन्द समुहका नकावधारीले चप्पलको मालासहित मोसो दलेर भागेको प्रहरीले बताएको छ । वडाध्यक्ष थापालाई मासो दलेर अभद्र ब्यवहार गरेपछि फोटो खिचेर स्थानीय संञ्चारमाध्यममा प्रकाशन गर्न भन्दै पठाएका थिए । थापा विरुद्ध वडाको वजेट मनखुसी बाँडेको, शिफारिस समेतका राजश्व हिनामिनागरी भ्रष्टाचार गरेको आरोप लगाईएको छ ।

‘३ जना मास्क भर्खरका युवा र एक जना ४८–५२ बर्षका साधारण स्थानीय माओवादी चन्द समुहका कार्यकर्ताले कार्यकक्षमा प्रवेशगरी मोसो दलेपछि फोटो खिचेर हिँडेका छन’ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘प्रहरी घट्नास्थल तर्फ परिचालन गरेका छौं । घट्नामा संलग्न सवै स्थानीय हुन । यस अघि पटक पटक फरक–फरक नम्बरबाट फोन गरी धम्क्याउने गरेको देखिन्छ ।’