FLASH NEWS
  • Loading...

टोलटोलमा खानेपानी बाँड्दै कुलदीप

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५२५ पटक पढिएको
टोलटोलमा खानेपानी बाँड्दै कुलदीप

म्याग्दी, १५ साउन ।

धारामा पानी आउन छोडेपछि काकाकुल बेनीबासीलाई यहाँका एक मानवतावादी युवा उद्यमीले ट्याङ्करमा बोकेर टोलटोलमा निःशुल्क खानेपानी वितरण गरेका छन ।

म्याग्दीखोलाको मोटरेवल पुल मुनी आरन ‘कृषकको कृषी औजार कारखाना’ चलाउने कुलदीप जुग्जाली मगरले बेनीबासीलाई २ हजार लिटरका ड्रममा खानेपानी टोल–टोलमा पुर्‍याएर निःशुल्क वितरण गर्दै आएका छन । गत बैशाख देखी नै बेनीको खानेपानी वितरणमा समस्या आउँन थालेको हो ।

जव बजारमा पानी आपूर्ति रोकिन्छ कुलदीपले ड्रममा खानेपानी बोकेर टोलटोलमा वितरण गर्न जान्छन । खवराको मुहानबाट दैनिक १२ हजार लिटर सम्म खानेपानी बाँड्छन । उनीले ट्याक्टर भाडामा लिएर एक दिनमा ५१ ट्रिपसम्म पानी खेपेर उपभोक्ताको टोल टोलमा पु–याउँछन ।

‘४–५ दिनसम्मै धारामा पानी नआएपछि बेनीबासी काकाकुल बन्छन । गाग्री, वाल्टी र बोटल बोकेर निजी धारा हुनेको घर चाहर्छन । अझ डेरामा बस्ने विपन्न परिवारको खाना नपाकेको देखेपछि आफ्नो निजी धाराको पानी ट्याङ्ढीमा राखेर टोलटोलमा पुर्‍याएर बाँडेको हुँ’ ब्यवसायी कुलदीपले भने, ‘घरमा पानी खेर गएको छ, बजारमा मान्छेले तिर्खा मेट्ने थोपा पानी पाएका छैनन । त्यसैले ट्याङ्ढी किनेर अनि ट्याक्टर भाडामा लिएर पानी वितरण गर्छु ।’

बेनीमा वितरण गरिएको पुम्दीखोलाको पानी ल्याएको पाईप बेनी–जोमसोम सडक सुधार गर्ने क्रममा ठेकदारले दैनिक नै क्षति पुर्‍याउँदा खानेपानी आपूर्ति बन्द भएको हो । बेनी–जोमसोम सडकको गलेश्वर–बैंसरी ८ किलोमिटर खण्डमा राखिएको खानेपानीको जिआई पाईप समस्या आउने गरेको छ । सडक विस्तार गर्न भित्ता काट्दा माथी झुण्डाएका खानेपानीका गरुङ्गा फलामे पाईप विच्छाएको जमिन भासिँदा पाईप फुटुने गरेको छ ।

‘सडक विस्तार गर्दा ठेकदारले लापरबाही गर्दा खानेपानीको पाईप फ्ट्नुे गर्छ । कहिले काहीं पहिरो खस्दा पाईप पनि खस्छ । क्षति पुगेको पाईप लाईन ठेकदारले समयमा नजोड्दा बेनीमा खानेपानी वितरण अवरुद्ध हुने गरेको छ’ बेनी उपभोक्ता संस्थाका अध्यक्ष शुभाष श्रेष्ठले भने, ‘खानेपानीको पाईप लाईन मर्मत गर्ने दायीत्व सडक आयोजनाको हो । पाईप लाईन मर्मत गर्न र निर्माण गर्न सडकले बजेट ब्यवस्था छ । तर अप्ठ्यारो ठाउँमा पाईप जोड्न सजिलो पनि हुँदैन ।’

सडकको बेनी–तातोपानी २० किमी पहिलो खण्डमा शर्मा/युनाईटेड जेवि कम्पनीले खानेपानी मर्मत गर्न काम लगाएर मजदुरलाई ज्याला नदिएको हो । बेनी–गलेश्वर–राउपारेसम्मको ८ किमी खण्डमा राखिएको जिआई पाईपलाईनमा सडक खन्दा समस्या आएपछि कालो पोलिथिन पाईप पनि राख्न थालिएको छ ।

१२ बर्ष अघि एशियाली वैंकका ५ करोड ऋणमा पुम्दीखोलाबाट १८ किलोमिटर प्रशासरण लाईन र १३ किमी वितरण लाईनबाट बेनीका १ हजार ३३ घरधुरीका १८ हजार ५ सय ९७ जनालाई खानेपानी वितरण गरिएको छ । बेनी खानेपानी संस्थासंग अझै १ करोड ६० लाख ऋण रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र