- Loading...
स्वास्थ्य कार्यालयका कर्मचारी अख्तियारको नियन्त्रणमा
- पुनहिल डट कम
- ५ साल अघि
- ५५१ पटक पढिएको

म्याग्दी, १२ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
स्वास्थ्य कार्यालयले सम्पन्न गर्नु पर्ने कार्यक्रमको कर्मचारीको मिलेमतोमा वीलभरपाई मिलाई अनियमित तरिकाले रकम बाँडफाँड गर्ने क्रममा अख्तियारको टोलीले १ लाख ३० हजार नगदरसहित जिन्सी शाखा प्रमुख रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसीलाई नियन्त्रणमा लिएको हो ।
असार मसान्त भित्रै ‘सम्पन्न भएका’ विभिन्न कार्यक्रमका ‘भुक्तानी गर्न’ आईतवार चेक लिएर सवारी चालक भवदत्त जैसी नेपाल वैंक वेनी शाखामा पुगेका थिए । वैंकमा अगाडी नै रहेका अख्तियारका कर्मचारीले चेक अनुसारको रकम चालक जैसीलाई दिएर पठाएको थियो । रकम चालक जैसीले कार्यालयमा पुगेर आचार्य, रेग्मी र शर्मालाई बुझाएपछि पिछा गरेका अख्तियारको टोलीले रकमसहित कर्मचारीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपायोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताए ।
विभिन्न कार्यक्रमको पेस्की फस्यौट गर्ने विषयमा कार्यालय प्रमुख र लेखा अधिकृतसँग मतभेद भएपछि विभागीय कर्मचारीले नै अख्तियारमा उजुरी गरेका थिए । उजुरीको आधारमा आईतवार विहानै अख्तियारका १५ सदस्यीय टोलीले स्वास्थ्य कार्यालयको गतिविधी सुस्म रुपमा परिचालित भएको थियो । अख्तियार टोलीले पूर्वनियोजित रुपमा छापा मारिएकोले केमिकल सहितको रकम समाएपछि कर्मचारीको हात पानीमा चोपलिएपछि स्वास्थ्यका कर्मचारीलाई ‘रङ्गेहात’ पक्राउ गरिएको हो ।
‘हामीले कुनै सेवाग्राहीबाट पैसा लिएको होईन । कार्यलयले सम्पन्न गरेका कार्यक्रमको वीलभरपाई मिलाउने र भुक्तानी बाँकी रहेको रकम बैंकबाट ल्याउँदै गर्दा नियोजित रुपमा हामीलाई फसाईएको हो’ अख्तियारको नियन्त्रणमै रहेका कार्यालय प्रमुख भीमप्रसाद आचार्यले भने, ‘गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्रीले स्वास्थ्य कार्यालय उद्घाटन गर्न आउँदा र अन्य कार्यक्रमको होटलमा तिर्नु पर्ने वील तिर्न यो रकम प्रयोग गर्न लागेका हौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
