- Loading...
पारिश्रमिक नपाएपछि प्लम्बरले नै काटे बेनी खानेपानी पाईप
- पुनहिल डट कम
- ५ साल अघि
- ४५६ पटक पढिएको

म्याग्दी, ७ साउन ।
पारिश्रमिक नपाएको झोंकमा प्लम्बरले नै पोलिथिन पाईप लाईन काटेपछि बेनीमा वितरण भएको खानेपानी आपूर्ति बन्द भएको छ ।
बेनी–जोमसोम सडक विस्तार गर्ने क्रममा खानेपानी पाईप लाईनमा क्षति पुगेपछि ठेकदारले खानेपानी मर्मत गरेका थिए । खानेपानी पाईप लाईन मर्मत गरेको ज्याला नपाएपछि प्लम्बरले पाईपलाईन काटेपछि आपूर्ति बन्द भएको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । संस्थाले खानेपानीको पाईप काट्ने ब्यक्तिको नाम भने खुलाएन ।
‘बेनी ल्याएको खानेपानी पाईप नियतवस काटिएको रहेछ । हामीले प्रमुख जिल्ला अधिकारीलाई पक्राउ गरी कारवाही गर्न उजुरी गरेका छौं’ बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष शुवास श्रेष्ठले भने, ‘सडक विस्तार गर्ने क्रममा क्षति पुगेको खानेपानीको पाईप मर्मत गराएको ज्यालो ठेकदारले नदिएको रहेछ । ज्याला नपाएपछि आक्रोसमा आएका प्लेम्बरले नै पाईपलाईन काटेका रहेछन ।’
बेनी–गलेश्वर–राउपारेसम्मको ८ किमी खण्डमा राखिएको जिआई पाईप विस्थापित गरी कालो पोलिथिन पाईप जोडिएकोमा पानीको प्रेसर नथेग्ने समस्या पनि छ । पोलिथिन पाईपले पानीको प्रेसर थेग्न नसक्दा फुट्ने समस्या आएकोले प्रेसर घटाएर बेनीमा लोडसेडिङ गरी खानेपानी वितरण गरिएको संस्थाले जनाएको छ ।
स्मार्ट ग्रिड सिस्टममा लैजान खोजिएको बेनी खानेपानी आयोजनाको गलेश्वर–राउपारे खण्डमा मुख्य पाईप लाईनमा पटक–पटक समस्या आउने गरेको छ । पाईप फुटेर खानेपानी सप्लाई रोकिएपछि बेनीमा खानेपानीको हाहाकार हुने गरेको छ । यो खण्ड पहिरो ग्रस्त भएकोले अघिल्ला बर्षपनि बर्खाको सिजनमा पाईप लाईनमा समस्या आई खानेपानी वितरण प्रभावित हुने गरेको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
