म्याग्दी
, ७ साउन ।पारिश्रमिक नपाएको झोंकमा प्लम्बरले नै पोलिथिन पाईप लाईन काटेपछि बेनीमा वितरण भएको खानेपानी आपूर्ति बन्द भएको छ ।बेनी
–जोमसोम सडक विस्तार गर्ने क्रममा खानेपानी पाईप लाईनमा क्षति पुगेपछि ठेकदारले खानेपानी मर्मत गरेका थिए । खानेपानी पाईप लाईन मर्मत गरेको ज्याला नपाएपछि प्लम्बरले पाईपलाईन काटेपछि आपूर्ति बन्द भएको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । संस्थाले खानेपानीको पाईप काट्ने ब्यक्तिको नाम भने खुलाएन ।
‘बेनी ल्याएको खानेपानी पाईप नियतवस काटिएको रहेछ । हामीले प्रमुख जिल्ला अधिकारीलाई पक्राउ गरी कारवाही गर्न उजुरी गरेका छौं
’ बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष शुवास श्रेष्ठले भने
, ‘सडक विस्तार गर्ने क्रममा क्षति पुगेको खानेपानीको पाईप मर्मत गराएको ज्यालो ठेकदारले नदिएको रहेछ । ज्याला नपाएपछि आक्रोसमा आएका प्लेम्बरले नै पाईपलाईन काटेका रहेछन ।
’बेनी
–गलेश्वर
–राउपारेसम्मको ८ किमी खण्डमा राखिएको जिआई पाईप विस्थापित गरी कालो पोलिथिन पाईप जोडिएकोमा पानीको प्रेसर नथेग्ने समस्या पनि छ । पोलिथिन पाईपले पानीको प्रेसर थेग्न नसक्दा फुट्ने समस्या आएकोले प्रेसर घटाएर बेनीमा लोडसेडिङ गरी खानेपानी वितरण गरिएको संस्थाले जनाएको छ ।स्मार्ट ग्रिड सिस्टममा लैजान खोजिएको बेनी खानेपानी आयोजनाको गलेश्वर
–राउपारे खण्डमा मुख्य पाईप लाईनमा पटक
–पटक समस्या आउने गरेको छ । पाईप फुटेर खानेपानी सप्लाई रोकिएपछि बेनीमा खानेपानीको हाहाकार हुने गरेको छ । यो खण्ड पहिरो ग्रस्त भएकोले अघिल्ला बर्षपनि बर्खाको सिजनमा पाईप लाईनमा समस्या आई खानेपानी वितरण प्रभावित हुने गरेको थियो ।