- Loading...
चन्द समुहका म्याग्दी इन्चार्ज र सेक्रेटरी पक्राउ
- पुनहिल डट कम
- ५ साल अघि
- ३९४ पटक पढिएको

म्याग्दी, ६ साउन ।
प्रहरीले सोमवार साँझ करिव ५ बजे बेनी नगरपालिका, ३ भकिम्लीको राखुवेंशीबाट नेकपा (नेक्र वित्रम चन्द) समुहका म्याग्दी इन्चार्ज कमानसिंह नकाल क्षेक्री ‘विकिरण’ र जिल्ला सेत्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरेको छ । इन्चार्ज सानेभिर गाउँपालिका, २ रुकुम र जिल्ला सेक्रेटरी शाक्य बाग्लुङ्ग नगरपालिका, ३ गुठी बाग्लुङ्गका हुन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ध १ प २१७० नम्बरको यामाहा मोटरसाईकलमा यात्रारत नकाल र शाक्यलाई बेनी–दरवाङ्ग सडकको चुत्रेनी–सिङ्गा खण्डमा पर्ने नयापुलबाट भकिम्ली तर्न क्रममा सादा पोसाकका प्रहरीले पक्राउ गरेको हो । सादा पोसाकका प्रहरीले पक्राउ गरेपछि प्रहरी कार्यालयबाट भ्यानमा राखी बेनी ल्याईएको थियो ।
नेकपा म्याग्दीले तीन दिन अघि म्याग्दीका गाउँ—गाउँका सकृय लघुवित्त संस्था विरुद्ध प्रेस विज्ञप्ती जारी गरेपछि प्रहरी सकृय भएको थियो । प्रहरीले पक्राउ परेका चन्द समुहका कार्यकर्ता विरुद्ध जनप्रतिनिधीलाई धम्क्याई चन्दा असुली गरेको, ०७५ फाुग ११ गते राती जिल्लाका विभिन्न स्थानमा एनसेल टावरमा विस्फोटन गराएको आरोप लगााएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
