Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

अन्धगल्छीमा पहिरो, तीन दिनदेखी यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४१५ पटक पढिएको
अन्धगल्छीमा पहिरो, तीन दिनदेखी यातायात अवरुद्ध

म्याग्दी, २९ असार ।

कालीगण्डकी नदी कटाले बनेको धौलागिरी र अन्नपुर्ण हिमाल विच ६ हजार ९ सय ६७ मीटर संसारकै गहिरो ‘अन्धगल्छी’ मा कालीगण्डकी लुकेर बगेको छ । यही साँघुरो गल्छीमा तलबाट कालीगण्डकीले कटान गर्दा माथिको सडक भासिएको हो ।

यही अन्धगल्छीमा नदी कटानले सडक भत्काएपछि बेनी–जोमसोम सडकमा पहिरोले तीन दिनदेखी यातायात अवरुद्ध छ । सडक विभागले तीन दिनदेखी पहरा खोपेर डाईभर्सन बनाउने प्रयास गरिरहेको छ ।

‘सडक भासिएर कुनै पनि समस्या आउने प्रायः निश्चित थियो । जहाँ तलबाट वाल उठाएर सडक जोगाउन सकिने अवस्था नै थिएन’ बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले भने, ‘बेनी–जोमसोम सडकको सवैभन्दा साँघुरो र कठिन भुगोल रहेको भिरकाटे र बाँदरजुँग भीरमा एक–एक सय मिटर लामा सुरुङ्ग मार्ग वा अन्य विकल्पमा अध्ययन भैरहेको थियो ।’

पहिरोग्रस्त बाँदरजुङ्ग भीरमा विस्तार संभव नभएपछि एक सय मिटर खण्डमा सुरुङ्ग मार्गको विकल्पमा अध्ययन भैरहेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजना अर्न्तगत ७ मिटर पीच सहित ११ मिटर चौडा सडक बनाउ काम भैरहेको छ ।

आयोजनाका अनुसार वारीपारी कडा पहाड काटेर निर्मित अर्ध सुरुङ्ग जस्ता सडकमामा कालीगण्डकी जोडिएकोले डोजर वा विष्फोटन पदार्थ प्रयोगगरी सडक विस्तार संभव थिएन । मेशिनले कडा पहाड फोड्न संभव नै थिएन, विष्फोटन गरी पहरा फुटाउँदा गेग्रानले कालीगण्डकी नदी थुनिने जोखिम भएकोले सुरुङ्ग मार्गको विकल्प खोजिएको हो । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको महभीरदेखी मुस्ताङ्ग सीमावर्ती बाँदरजुङ्ग भीरसम्मको करिव २० किमी खण्डमा बढी भीरपहरा र साँघुरो गल्छी भएकोले काम गर्न अप्ठ्यारो छ ।

‘तीन वडा डोजर र व्रेकर लगाएर वन वे डाईभर्सन खोल्ने प्रयास भैरहेको छ । कडा पहरा भएकोले पहरा खोप्न र तल पहिरा झरिरहेकोले मेसिन अडिन समेत समस्या हुँदा काममा असहज भएको छ’ सडक विभागले खटाएकी स्थानीय सुपरभाईजर रिता बरुवालले भनिन, ‘कालीगण्डकीले थप वेस कटान गरेन भने सोमबारसम्म डाईभर्सन खोल्ने लक्ष्य छ ।’

बेनी–जोमसोम सडकको बाँदरजुङ्गमा मात्र होईन विभिन्न खोलामा रहेका बेलीव्रिजहरु पनि नदी कटानको उच्च जोखिम छन । बेनी–जोमसोम–कोरला सडक आयोजना अर्न्तगत रहुघाट, कालीगण्डकी र अन्य साना खोलामा नयाँ पक्की पुल निर्माण गर्न फाउण्डेसन राख्ने क्रममा नदीको धार परिवर्तन गरिएकोले चालु अवस्थाका बेलीव्रिजको कटानको जोखिममा परेका हुन

नयाँ पुलको फाउण्डेसन राख्न भएका तटवन्ध भत्काईएको, नदी विचमा फाउण्डेसन राख्न धार परिवर्तन गराईएकोले प्रयोगमा भएका वेलिव्रिजको जगलाई नदीले कटान गर्न थालेको हो । बेनीदेखी तीन कमी उत्तर गलेश्वर स्थित राहुघाट खोला, १५ किमी माथी तिप्लाङ्ग स्थित कालीगण्डकी नदीमा रहेका वेलीव्रिज कटानको जोखिममा परेका हुन ।

त्यसैगरी बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा खहरेखोलामा आउने बाढी र पहिरोले दैनिक यातायात अवरुद्ध हुने गरेको छ । हरेक विहान बेगखोलामा सवारी रोकिने गरेका छन । सवारी मात्र होईन, यात्रु समेत अलपत्र पर्ने गरेका छन । अन्नपूर्ण गाउँपालिकाको दाना क्षेत्रको गुईठे, तितर क्षेत्रमा निरन्तर पहिरो खस्न थालेपछि दैनिक यातायात अवरुद्ध हुने गरेको छ ।

बेनी–जोमसोम सडकको स्तरउन्नत गराउने काम सुरु भएपनि ढिला सुस्तीले सडक थप जोखिमयुक्त बनेका छन । पहिरोग्रस्त क्षेत्रमा ठेकदारले डोजर चलाएर छोडेरकोहुँदा मनसुन सुरु भएपछि पहिरो खस्न सुरु भएको छ । कतै भित्तो काटेर छोडेको, भत्काएको ढुङ्गामाटो सडकमै छोडेकोले जोखिम भएको छ । सडकमा गाडीहरु बाक्लो हिलो भएकोले गाडी फस्ने, चिप्लिएर दुर्घटनामा पर्ने गरेका छन ।

फोटो सौजन्य ः रीता बरुवाल, अन्नपूर्ण गाउँपालिका, ३ काप्रे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल