FLASH NEWS
  • Loading...

पाउद्वारकी अंशु गर्वुजालाई ‘भ्युअर च्वाईस’ अवार्ड

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८८ पटक पढिएको
पाउद्वारकी अंशु गर्वुजालाई ‘भ्युअर च्वाईस’ अवार्ड

म्याग्दी, २९ असार ।

कथा इभेन्ट नेपालले आयोजना गरेको मिस हिमालय २०१९ मा दर्शकको पहिलो रोजाईमा परेपछि अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वारकी १५ बर्षिया अंशु गर्वुजाले ‘भ्यूवर च्वाईस’ अवार्ड जितेकी छिन ।

अवार्ड जितेसँगै गर्वजाले फिलिपिन्समा आयोजना हुने अर्न्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी जनाउने अवसर प्राप्त गरेकी हुन । स्थानीय पाउद्वार माध्यामिक विद्यालयबाट एसईई परिक्षापछि राजधानी काठमाण्डौको साउथ वेष्टर्न स्टेट कलेजमा कक्षा १२ मा होटल म्यानेजमेन्टका विद्यार्थी हुन ।

अन्नपूर्ण हिमालको पश्चि फेदीमा अवस्थित खयरवराह तालको चिसो पानी पिएकी गर्वुजा नृत्यकी पारखी हुन । हिमाली क्षेत्रमा घुम्न, डुल्नमा चासो रहकी गर्वुजा सौन्दर्यकलाको माध्यमबाट देशको सेवा गर्ने चाहना राखेकी छिन ।