आज:  | Tue, 05, Jul, 2022

लायन्स क्लव अफ वेनी पिससिटीमा कुर्ची हस्तान्त्रण

२८ असार २०७६, शनिबार १०:०८ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २८ असार ।लायन्स क्लव अफ बेनी पिससिटीले शनिवार एक कार्यक्रम विच अध्यक्षको कुर्ची हस्तान्त्रण गरेको छ । नयाँ सन ०१८/०१९ का अध्यक्ष लोकेस पुन मगरले वर्ष ०१९/०२० का अध्यक्ष नरेश श्रेष्ठलाई कुर्ची, लोगो अंकित माला हस्तान्त्रण गरेका हुन ।लायन्स क्लव अफ बेनी पिससिटीको वर्ष ०१९/०२० कालागी प्रथम, द्वितिय र तृतिय उपाध्यक्षमा क्रमश ः खमबहादुर थापा मगर, सुवर्ण रिजाल र भोजबहादुर रिजाल चयन भएका छन ।त्यसैगरी सचिवमा विरेन्द्र श्रेष्ठ, क्लव प्रशासनमा सन्दीप खत्री, कोषाध्यक्षमा सचिन चौधरी, सदस्यता संयोजक वामदेव रिजाल, क्लिफ संयोजक नन्दु पाईजा, क्लव मार्केटिङ दीपक श्रेष्ठ र निर्देशकहरुमा निराजन श्रेष्ठ, हरीकृष्ण गौतम, दिपेन्द्र फागामी, दुर्गा बुढा मगर, श्याम थापा मगर, मिलन श्रेष्ठ, लक्ष्मण शर्मा र जनेश श्रेष्ठ रहेका छन । क्लवका संस्थापक राजेश शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पिस सिटीले अपाङ्ग कृष्ण घिमिरेलाई थप उपचारकालागी २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्यो ।