आज:  | Sun, 03, Jul, 2022

मोना फ्रान्सद्धारा तीन लाख सहयोग

२८ असार २०७६, शनिबार ०९:३० मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २८ असार ।मानवीय सेवामा समर्पित संस्था ओमकुमारी शान्ति कोषलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सले ३ लाख नगद सहयोग गरेको छ ।अध्यक्ष हेमबहादुर बानियाँका बाबु दीपबहादुर बानियाँ र सल्लाहकार मानबहादुर सेन्चुरीकी आमा रतीश्री विकले प्रतिनिधीको रुपमा शनिवार कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्त्रण गरेका हुन ।विपन्न म्याग्दीबासीको उपचारमा सहयोग जुटाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले विश्वभर छरिएका ‘सहयोगी मनहरु’ आर्थिक सहयोग जुटाएर २ करोड बढीको अक्षय कोष स्थापना गरी सोही कोषको ब्याजबाट आर्थिक अभावमा उपचार नपाएका जिल्लाबासीलाई सहयोग गर्ने जनाएको छ ।उक्त अवसरमा बेनीका पुराना ब्यापारी रहेका समाजसेवी पुण्यबहादुर शाक्यको ७७ औं जन्मोत्सवको अवसरमा शाक्य परिवारले ओमकुमारी शान्ति कोषकालाई २ लाख रुपैयाँ सहयोग गरेका छन । सहयोगदाता शाक्य शान्ति कोषका अध्यक्ष राजेश शाक्यका बुबा हुन ।