Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेनी नगरपालिकामा फेरी भाँडभैलो, लेखा अधिकृत भागे, योजनाका भुक्तानी ठप्प

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३८३ पटक पढिएको
बेनी नगरपालिकामा फेरी भाँडभैलो, लेखा अधिकृत भागे, योजनाका भुक्तानी ठप्प

म्याग्दी, २६ असार ।

बेनी नगरपालिकामा दुई महिना देखीको राजनैतिक गतिरोध अन्त्य हुन नपाउँदै फेरी कर्मचारी संयन्त्रले भाँडभैलो मच्चाएको छ ।

योजनाको अन्तिम भुक्तानी दिने विषयमा उपभोक्ता समितिसँग कार्यकक्ष मै विवाद भएपछि लेखा अधिकृत नारायणप्रसाद सुवेदीले सयौं योजनाको भुक्तानी अलपत्र छोडेर ‘विदामा’ कार्यालय छोडेपछि बेनी नगरपालिकामा फेरी खैलावैला मच्चिएको छ । भुक्तानी गर्नु पर्ने सयौं योजनाका फाईलको चाङ लागेको छ । बेनी नगरपालिकाको राजनैतिक गतिरोध त उच्च अदालत पोखराको बाग्लुङ इृजलासको आदेशले अन्त्य भयो, कर्मचारीले निम्त्याएको संकट कसरी समाधान होला ? सवैको चासो छ ।

‘आर्थिक बर्षको अन्तिममा लेखा अधिकृत हिँडेपछि नगरपालिका पुरै ठप्पै भएको छ । समस्या आएको भए सुल्झाउन सकिन्थ्यो तर वील भुक्तानीको विषयमा लेखा अधिकृतलाई दुर्ब्यवहार भएछ’ प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद शर्माले भने, ‘विदा लेखेर जानु भएको छ, फर्काउने प्रयत्न जारी छ, संभव भैरहेको छैन । कर्मचारी जिम्मेवारी अलपत्र छोडेर हिंड्दैन । अझै आसा राखौं ।’

लेखा अधिकृत सुवेदीले प्रमुख प्रशासकीय अधिकृतलाई ‘आफुमाथी दुर्ब्यवहार’ भएको लिखित रुपमा साउन ५ गतेसम्मकालागी घर विदा मागेर कार्यालय छोडेका हुन । आर्थिक बर्षको अन्तिममा विभिन्न योजना र कार्यक्रमका भुक्तानी फाईल रोकिएका छन ।

बेनी नगरपालिकाको स्वीकृत कार्यक्रम अनुसार विधुतिय पुस्तकालय स्थापना गरी भुक्तानी लिन आएका बेनी नगरपालिका, २ भकुण्डेस्थित अर्जुन माध्यामिक विद्यालयका प्रधानध्यापक शिव कार्की र लेखा अधिकृत सुवेदी विच विवाद भएको हो । लेखा अधिकृत सुवेदीले स्वीकृत कार्यक्रम र बजेट शिर्षकमा अन्य विद्यालयले नै भुक्तानी लगी सकेकोले थप भुक्तानी गर्न नसक्ने अडान गरेका थिए ।

नगरपालिकाले ६ लाख ५० हजारका दरले ३ वटा माध्यामिक विद्यालयमा ई–पुस्तकालयकालागी बजेट विनियोजन गरेको थियो । तर नगरपालिकाका शिक्षा शाखा हेर्ने अधिकृतले ‘भुलवस’ तीन स्कुल हुनु पर्नेमा चार वटा स्कुललाई इ–पुस्तकालय कार्यक्रम परेको जानकारी गराउँदा समस्या भएको नगरपालिकाले जनाएको छ । अर्जुन माविले समयमै वीलको फरफारक गर्न आएको भएपनि समयमै समस्या सुल्झाउन सकिने अवस्था थियो । यस अघि पनि सोही विद्यालयमा रहेको श्रोत ब्यक्तिलाई हटाउने वा राख्ने विषयमा मेयर–कार्यपालिका सदस्य विच विवाद हुँदा नगरपालिकाले निर्धारित समयमा बजेट समेत ल्याउन सकेको थिएन । लेखा अधिकृतलाई दुर्ब्यवहार गरेको आरोप लागेका प्रअ कार्कीलाई सम्पर्क राख्न खोज्दा यो समाचार तयार पार्दासम्म सम्पर्क राख्न सकिएन । प्रतिकृया माग्न मोवाईलमा सम्पर्क गर्दा लेखा अधिकृत सुवेदीले उठाएनन ।

आर्थिक बर्षको अन्तिम बनाएर भुक्तानी लिन आएका प्रअ र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु लेखा अधिकृतको कार्याकक्षमा प्रवेश गरी पूर्वाग्रह राखी भुक्तानी नदिएको आरोप लगाउँदै ‘लेखापालको कुर्चीमा बस्न अयोग्य’ भनेपछि प्रअ–लेखा अधिकृत विच भनाभन भएको प्रत्यक्षदर्शी एक कर्मचारीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल