- Loading...
बाढीले गलेश्वर र तिप्ल्याङ्गका वेलिव्रिज जोखिममा
- पुनहिल डट कम
- ५ साल अघि
- ३७४ पटक पढिएको

म्याग्दी, २५ असार ।
ठेकदारले समयमै काम नगर्दा बेनी–जोमसोम सडकमा रहेका विभिन्न बेलिव्रिजहरु नदी काटानको जोखिममा छन ।
बेनी–जोमसोम–कोरला सडक आयोजना अर्न्तगत रहुघाट, कालीगण्डकी र अन्य साना खोलामा निर्माणाधिन पक्की पुलको फाउण्डेसन निर्माण ढिलाईहुँदा त्यहाँ रहेका वेलीव्रिजहरु नदी कटानको जोखिममा परेका हुन ।
‘गलेश्वर र तिप्ल्याङ्गको वेलिव्रिज नदी कटानले जोखिममा छन । तिप्ल्याङ्गमा नदीकटानले व्रिज जोखिममा परेकोले ठूला मालबाहक सवारी साधन रोकेका छौं’ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘तत्काल तटवन्ध पुल बग्न सक्छ । सम्बन्धित निकायमा खवर गरेका छौं ।’
नयाँ पुलको फाउण्डेसन राख्न भएका तटवन्ध भत्काईएको, नदी विचमा फाउण्डेसन राख्न धार परिवर्तन गराईएकोले प्रयोगमा भएका वेलिव्रिजको जगलाई नदीले कटान गर्न थालेको हो । बेनीदेखी तीन कमी उत्तर गलेश्वर स्थित राहुघाट खोला, १५ किमी माथी तिप्लाङ्ग स्थित कालीगण्डकी नदीमा रहेका वेलीव्रिज कटानको जोखिममा परेका हुन ।
त्यसैगरी बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा खहरेखोलामा आउने बाढी र पहिरोले दैनिक यातायात अवरुद्ध हुने गरेको छ । हरेक विहान बेगखोलामा सवारी रोकिने गरेका छन । सवारी मात्र होईन, यात्रु समेत अलपत्र पर्ने गरेका छन । अन्नपूर्ण गाउँपालिकाको दाना क्षेत्रको गुईठे, तितर क्षेत्रमा निरन्तर पहिरो खस्न थालेपछि दैनिक यातायात अवरुद्ध हुने गरेको छ ।
‘बेगखोला र दानाको गुईठे क्षेत्र बेनी–जोमसोम सडकका रोग नै हुन । कति वेला बाढी/पहिरो खस्छ र यातायात अवरुद्ध हुन्छ भन्न सकिन्न’ डिएसपी मरासिनीले भने, ‘पानी पर्यो त बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भयो, भयो ।’
सडक स्तरको मान्यता समेत नपाएको ग्रेड नमिलेको साँघुरो र खाल्डाखुल्डी रहेको ट्रयाक विस्तार गर्न बेनी–जोमसोम सडकको स्तरउन्नत गराउने काम सुरु भएपनि ढिला सुस्तीले सडक थप जोखिमयुक्त बनेका छन । पहिरोग्रस्त क्षेत्रमा ठेकदारले डोजर चलाएर छोडेरकोहुँदा मनसुन सुरु भएपछि पहिरो खस्न सुरु भएको छ । कतै भित्तो काटेर छोडेको, भत्काएको ढुङ्गामाटो सडकमै छोडेकोले जोखिम भएको छ । सडकमा गाडीहरु बाक्लो हिलो भएकोले गाडी फस्ने, चिप्लिएर दुर्घटनामा पर्ने गरेका छन ।
‘बेनी–जोमसोम सडक विस्तार कार्यक्रमले बर्खा सिजनमा झन दुर्घटनाको जोखिम बढाएको छ । भित्तामा वाल नलगाई डोजरले काटेर मात्र छोडेकोले भित्तो भत्केर सडक हिलाम्मे बन्ने, सडक अवरुद्ध हुने र झन साँघुरो बन्दा गाडी चलाउन हैरान भएका छौं’ बेनी–जोमसोम सडकका बस चालक दुर्गाबहादुर पाईजाले भने, ‘झन बेगखोला, घट्टेखोला जस्ता खहरेमा पुल नहुँदा गाडी नै बगाउने जोखिम छ ।’
मुस्ताङ्गको लेतेबाट तल गहिंरो खोँच भित्र छिर्ने कालीगण्डकी बेनी ४४ किलोमिटर क्षेत्रका प्रायःसवै पहाडहरु ८० डिग्रीभन्दा बढी भीराला छन । केही ठाउँमा त सडक र नदी दुवै ओढार भित्रबाट बग्छ । भु–गर्भविदहरुका अनुसार नदीले बनाएको यस्ता गल्छीहरुमा चट्टानी पहिरो ‘रक एभलान्च’ को संभावना रहन्छ । जहाँ पटक–पटक पहिरोले नदी थुनिने गरेका इतिहाँस पनि छन ।
उच्च भागबाट जमिन भत्केर तल खस्ने प्राकृतिक क्रिया वा भूस्खलनलाई पहिरो भनिन्छ । अब्यवस्थित सडक निर्माण जस्ता मानवसृजित गतिविधी र अतिबृष्टी आदी कारणले पहिरो जान्छ । वनकमजोर भौगर्भिक बनोटलाई पहिचान गर्न नसक्दा हाम्रो सडक पूर्वाधार विकासले पनि बर्षेनी ठूलो जनधनो क्षति भैरहेको छ । फरक–फरक खालका चट्टानहरुको चरित्र पनि फरक हुन्छन तर भौतिक संरचनाका इन्जिनियरिङ डिजाईन पनी फरक चट्टान अनुसार गर्नु पर्ने हो तर त्यसे विलकुल भएका छैनन । हाम्रा सडक संरचना प्रविधी प्रायः काट्ने र पुर्ने (कट एण्ड फिल) खालका छन । यसरी थुपारिएको ढुङ्गामाटोको भार थेग्न नसक्दा भू–क्षयको बढाएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
