FLASH NEWS
  • Loading...

न्यू वेष्टपोइन्ट पहिलो, माउण्ट एभरेष्ट दोस्रो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०३ पटक पढिएको
न्यू वेष्टपोइन्ट पहिलो, माउण्ट एभरेष्ट दोस्रो

म्याग्दी, २५ असार ।

सदरमुकाम बेनीमा बुधवार सम्पन्न विद्यालय स्तरिय पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा १३ स्वर्ण, ११ कास्य र ३ रजत पदकसहित न्यू वेष्ट पोईन्ट आवसीय माध्यामिक विद्यालय विजेता भएको छ ।

१० स्वर्ण, ९ कास्य र २ कास्य पदकले पछ्याउँदै माउण्ट एभरेष्ट आवसीय मावि उपविजेता बनेको छ । सामुदायीक विद्यालयहरुबाट प्रकाश माविले ७ स्वर्ण, २ कास्य र १ रजत पदक सहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा ४ स्वर्ण र १ कास्यसहित वेष्टपोईन्टका इश्वर सेन्चुरी र सोही विद्यालयकी आईसा केसीले ३ स्वर्ण जितेर प्रतियोगिताका उत्कृष्ट खेलाडी बने । संघिय संरचना अनुसार नगर/गाउँपालिका स्तरमा संञ्चालन गरिएको प्रतियोगिताबाट पहिलो र दोस्रो भएका विद्यालय र खेलाडी विच जिल्ला तहमा प्रतिस्पर्धा गराईएको हो ।

राष्ट्रपति शिल्ड प्रतियोगिताको मुख्य आकर्षण मानिने भलिवल खेलमा छात्रा तर्फ बेनी नगरपालिकाका माउण्ट एभरेष्ट आवसीय माविलाई ३–१ सेटमा पराजित गरी अन्नपूर्ण गाउँपालिकाको ज्ञानप्रकाश माध्यामिक विद्यालय पहिलो भएको छ । त्यसैगरी छात्र भलिवल तर्फ मंगला गाउँपालिकाको मंगला माध्यामिक विद्यालयलाई ३–१ सेटमा पराजित गरी बेनीको माउण्ट एभरेष्ट आवसीय मावि पहिलो भएको छ ।

प्रतियोगितामा छात्र/छात्रा भलिवल, एथलेटिक्स तर्फका छात्र/छात्रा एक, दुई, चार, आठ सय र पाँच हजार मिटर दौड, एक/एक तथा चार/चार रिले दौड, सटफुट, हाईजम्प, लङ्गजम्प, ट्रिपलजम्प र मार्सल आर्टसका विभिन्न खेल समावेश थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यालयले क्रमश शिल्ड, प्रमाण–पत्र, मेडल र नगद १५ हजार, १२ हजार र ९ हजार नगद हात पारे ।

‘गण्डकी प्रदेशका सवै जिल्लामा नगर/गाउँपालिकाबाट विद्यालय सहभागी भएपनि विद्यालयलाई नै पहिलो, दोस्रो बनाउने निर्णय भएकोले सोही निर्णय अनुसरण गरिएको हो । कसै प्रति आग्रह/पूर्वाग्रह गरेका छैनौं’ आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यष कृष्णकुमार विश्वकर्माले भने, ‘खेलकुद परिषदको निर्देशन अनुसार अर्पझट जिल्ला स्तरिय प्रतियोगिता गराउनु परेकोले खेलाडीहरुले तयारी गर्न पाएनन । सवै विद्यालयमा वर्खे विदा भएकोले खेलाडीलाई मेलापातबाट ल्याउनु पर्दा विद्यालयलाई केही समस्या परेको हो ।’