Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

डोजर हिँड्ने सडक खन्दै मुदीवासीे

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ६३९ पटक पढिएको
डोजर हिँड्ने सडक खन्दै मुदीवासीे

|vir ma motor bato khandai mudi ka gaunlee

म्याग्दी, २४ असार ।

डोजरले पो भीर पहरा फोड्दै सडक खन्छ, कतै डोजर हिँड्ने बाटो मान्छेले खन्ने हुन्छ ? सायद तपाईले यस्तो कुरा कतै देख्नु भएको छैन न सुन्नु नै भएको छ । हो, म्याग्दीको म्याग्दीको धौलागिरी गाउँपालिका, ४ मुदीवासीले भने डोजर हिँड्ने बाटो खन्दैछन ।

भीरमा पहिरोको डरले अपरेटरले डोजर चलाउन नमानेपछि स्थानीयले भीर फोडेर डोजर हिँड्ने बाटो बनाउन लागेका हुन । भीरमा स्काभेटरले ब्रेकर लगाई सडक खन्नेक्रममा माथीबाट पहिरो खस्दा सहयोगीको मृत्यु भएको र मेशिनमा पनि क्षति पुगेछि अपरेटरले डोजर चलाउन नमानेका हुन ।

धौलागिरी गाउँपालिका, ४ मुदीवासीले भीर फोडेर मोटरबाटो पुर्‍याउन आतुर छन । अक्करे भीरमा अड्केको वस्ती, मुदीलाई मोटरबाटोले जोड्न ५ किमी लामो मुना–मुदी ग्रामिण सडक निर्माणाधिन छ । धौलागिरी गाउँपालिकाको ८० लाख बजेटमा निर्माणाधिन सडक खन्न उपभोक्ता समिति सकृय छ । समितिले डोजरले खनेर ५ मध्य ४ किमी पहरा फोडेर सडक निर्माण गरिसकेको छ ।

‘भीर छिचोल्नै लाग्दा अन्तीम करिव १५ मिटर पहरा फोड्ने क्रममा पहिरो झरेपछि अपरेटरले डोजर चलाउने जोखिम मोल्न सकेनन त्यसैले भीरको जोखिमयुक्त भाग मान्छेले काटेर डोजर हिँड्ने बाटो बनाउन थालेका हौं’ धौलागिरी गाउँपालिकाका सवइन्जिनियर दिपेन्द्र केसीले भने, ‘मुना–मुदी ५ किमीमध्य करिव ४ किमी सडक पुरै पहरा काटेर निर्माण भएको छ ।’

धौलागिरी गाउँपालिकाले ८० लाख लागतमा गाउँपालिका केन्द्र मुना देखी ४ नम्बर वडा केन्द्र मुदीलाई जोड्न ५ किमी सडक खन्न थालिएको हो । कठिन भुगोलमा काम गर्नु परेकोले बजेट खर्च लक्ष्य पुरा भएपनि गाउँमा मोटर पुर्‍याउने लक्ष्य पुरा नभएको उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार ११ जना मजदुर लगाएर १२ दिनसम्म भीर काटेर डोजर हिँड्ने ट्रयाक बनाउने प्रयासपनि लगातारको झरी र पहिरोले गर्दा प्रभावित भयो ।

‘गाउँमा मोटर पुर्‍याउन सडक खन्ने क्रममा आफन्त गुमाएर पनि भीरमा डोजर पास गराउन मान्छे लगाएर बाटो बनाउने प्रयासपनि स्थगित गर्यौं । निरन्तर झरी परेकोले पहिरो खस्न रोकिएन त्यसैले थप मानवीय क्षति रोक्न सडक निर्माण नै स्थगित गर्यौ’ मुना–मुदी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकमान चोचाङ्गी मगरले भने, ‘४ किमी रक कटिङ्ग गर्यौं, बाँकी करिव १५–२० मिटर पहरा छेड्न सकेको भए, बाँकी एक किमी पाखो थियो, सजिलै गाउँ पुर्‍याउन सकिन्छ ।’

जिल्लाकै दुर्गम धौलागिरी गाउँपालिकाको पनि दुर्गममा पर्छ, मुदी गाउँ । छिमेकी गाउँबाट मुदी पुग्न अक्करे भिरको बाटो पार गर्नु पर्छ । भीरमा अड्केको मुदी गाउँका एक वस्तीबाट अर्को वस्ती पुग्न पनि अनिवार्य भीर छिचोल्नै पर्ने बाध्यता छ । मुदीका नरवाङ्ग र नाउराभीरलाई मान्छे खाने भीरले चिनिन्छ ।

धौलागिरी हिमालका ५ वटा चुचुरा, चुरेन र गुर्जा हिमाल अवस्थित जिल्लाको करिव ४५ प्रतिशत भुगोल ओगटेको धौलागिरी गाउँपालिका दुर्गम हो । यस गाउँपालिका केन्द्र सम्ममा कच्ची हिउँदे सडक पुगेपछि वडा १ गुर्जा, २ लुलाङ्ग, ४ मुदी, ६ मराङ्ग र ७ मल्कवाङ्गमा अझै मोटरबाटो पुगेको छैन । धौलागिरी गाउँपालिकामा अझै केन्द्रीय विधुतिकरण पुगेको छैन । मुदीमा संञ्चार सुविधा समेत छैन ।

‘जडिबुटी, फलफुल र पशुपालन हाम्रा प्रमुख संभावना भएपनि सवै वडालाई मोटरबाटोले जोड्न पहिलो प्रयत्नमा छौं । सडक संञ्जाल नभै कुनै ब्यवसायलाई ब्यवसायीक बनाउन नसकिने हाम्रो ठहर रह्यो’ धौलागिरी गापा अध्यक्ष थमसरा पुनले भनिन, ‘कार्यकालभित्र वडा नं १ गुर्जाबाहेक सवै वडामा मोटरबाटो र केन्द्रीय विधुत पुर्‍याउनेगरी काम गरिरहेका छौं ।’

फोटो सौजन्य ः लोकमान चोचाङ्गी, मुदी

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल