FLASH NEWS
  • Loading...

खेतबाट हराउँदै हलगोरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ५२० पटक पढिएको
खेतबाट हराउँदै हलगोरु

म्याग्दी, २२ असार ।

पहाडका स–साना फोट्यान भएका खेत जोत्न समेत आधुनिक कृषी औजार मिनीटिलर हलो प्रयोग हुन थालेपछि हलगोरु विस्थापित हुन थालेका छन ।

पहाडका खेतबारीमा मिनी/पावर टेलर हलोले भित्रिएपछि परम्परागत निर्वाहमुखी खेती प्रणालीमा विस्तारै परिवर्तन देखिन थालेको हो । गोरुले जोत्ने भन्दा लागत पनि धेरै नै सस्तो र खेतीको उर्वरा पनि फरक परेको कृषकको अनुभव छ । म्याग्दी खोला तटिय क्षेत्रका केही फराकिला फाँटमा ठूला पावर टेलर र माथिल्लो ग्रामिण क्षेत्रका खेतवारीमा मिनीटिलर हलोको प्रयोग हुने गरेको छ ।

वेंशीका खेतमा पावर टेलर र भिरालो फोट्यान भएका माथिल्लो क्षेत्रमा मिनीटिलर हलो प्रचलनमा आएपछि कृषकलाई न न गोरुको चाँजोपाँजो मिलाउनु पर्ने झन्झट न धेरै दिन हिलोमा डुब्नु पर्ने टेन्सन । वस पानी प्रयाप्त भए पुग्यो । यस वर्ष पानी नपर्दा पानीका मुल फुटेका छैनन, प्रयाप्त रोपाई भएको छैन ।

mini telor tactor @ myagdi agrogulture

‘सात दिनको गोरुले जोत्ने मेलो ट्याक्टरले जोत्दा एक दिनमै सकिन्छ । पानी, रोपाहार र बाउसेको ब्यवस्था मिलाए, कुलोमा पानीकालागी झगडा पनि गर्नु पर्दैन । एकै दिन दुई–तिन जनाको खेतमा धान रोप्न भ्याईन्छ’ बेनी नगरपालिका, ३ भकिम्लीका कृषक राजु पुनले भने, ‘गोरुले जोत्ने भन्दा लागत धेरै सस्तो र छिटो । तर कान्ला भएको पहाडी खेतमा बोकेर उकाल्ने/ओराल्ने गर्नु पर्ने भैरहन्छ ।’

कान्ला र स–साना फोट्यान भएका पहाडी खेतबारीमा हलगोरु नारेर जोत्दै आएको परम्परागत खेती प्रणालीमा औजार प्रयोगमा कृषकको आकर्षण बढेको छ । पहाडका स–साना फोट्यानमा आधुनिक हलो मिनी टिलरले परम्परागत हलोले भन्दाबढी छेउकुना जोत्न पनि सकिन्छ । फराकिला फाँटमा मात्र होईन माथिल्लो ग्रामिण क्षेत्रका स–साना खेतवारीमा मिनीटिलरको प्रयोग बढेको छ ।

‘छिटो, सस्तो, सजिलो र उर्वरामा पनि फरक पर्ने भएकोले पहाडका गाउँवस्तीमा समेत मिनीटिलर हलो (ट्याक्टर) प्रयोग बढेको छ’ मंगला गाउँपालिका, ५ पिपलबोटका नगेन्द्र सापकोटाले भने, ‘गोरुलाई बाहृै महिना घाँसपात गर्न र छुट्टै हेरालु राख्नु भन्दा यो थप सजिलो भएको हो ।’

बैदेशिक रोजगारीले गाउँघरमा खेत जोत्ने मान्छे पाईन छोड्यो र पशुपालन पेशा पनि हराउँन थालेपछि पहाडी क्षेत्रमा समेत मिनी टिलर ट्याक्टर विकल्प बन्न थालेको हो । ट्याक्टरबाट जोत्ने प्रविधी दुर्गम वस्तीमा पनि भित्रिएपछि बर्षौ देखी बाँझो बनेका लेकाली फाँटहरुमा खनजोत शुरु भएको छ ।

जिल्लामा पछिल्ला ५ बर्षदेखी खनजोत गर्न ट्याक्टरको प्रयोग बढ्दो छ । मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रम अर्न्तगत ५० प्रतिशत अनुदानमा कृषक समुहहरुलाई मिनी टिलर र पावर टिलर ट्याक्टर उपलब्ध गराउन थालेपछि कृषकले हलगोरु विस्थापित गर्दै मिनी टिलर भित्राउन थालेका हुन ।

‘यस बर्ष पनि हामीले ५० प्रतिशत अनुदानमा ६ वटा मिनी र ५ वटा पावरसमेत ११ वटा ट्याक्टर कृषकलाई वितरण गरेका छौं’ मंगला गाउँपालिका, ५ का वडाध्यक्ष भुपेन्द्र केसीले भने, ‘एक दुई हलबाहेक अव गोरुले जोतेर खेती गर्ने चलन हट्यो । वडाले पनि कृषी आधुनिकिकरण र ब्यवसायीकरणमा जोड दिएका छौं ।’

आगामी बर्षको बजेटमा जिल्लाका ६ स्थानीय तह मध्य मंगला गाउँपालिकाले कृषीलाई प्राथकितामा राखेर बजेट बनाएको छ । अर्गानिक गापा कार्यक्रमसहित कृषीमा यान्त्रीकरण तथा ब्यवसायीकरण बनाउने, रासायनिक मल प्रयोग न्यूनिकरण र रायासनिक विषादीलाई शुन्य बनाउने भन्दै प्राङ्गारिक मल उत्पादन उद्योग संञ्चालन गरेको छ । मानव मुत्रलाई समेत कृषीमा प्रयोग गर्न विद्यालयहरुमा मानव मुत्र संकलन थालेको छ । प्राङ्गारिक विषादी उत्पादन थाल्न काम भैरहेको गाउँपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल