म्याग्दी
, २० असार ।
सरकारले घोषणा गरेको सय नयाँ गन्तब्य मध्यको एक महरेडाँडामा २० बेड क्षमताको गेष्ट हाउस र २० बेड क्षमताको गाईड/पोटरहाउस थप भएको छ । त्यसैगरी पुनहिलबाट महरे जोड्न पदमार्ग चौडा बनाई सिंढी राख्ने
, झाडी फाँड्ने
, विच
–विचमा विसौनी
, खानेपानी समेतका पूर्वाधार थप भएका छन ।

पर्यटन मन्त्रालयको सय नयाँ गन्तब्यमा समेटिएको पुनहिल
–महरे
–नागी पदमार्गमा विनियोजित ५० लाख बजेटबाट ३ हजार ३ सय १३ मिटर अग्लो महरेडाँडामा गेष्टहाउस
, गाईड/पोटर हाउस तथा पदमार्ग निर्माण भएको हो ।
‘महरेमा २० लाखको लागतमा २०
–२० बेड क्षमताका दुई वटा गेष्टहाउस निर्माण भै सक्यो
, भित्र बेड राख्ने र वायरिङ्गको माम भैरहेको छ
’ महरे सामुदायीक हेष्ट हाउस निर्माण समिति सदस्य पोकमायाँ पुर्जाले भनिन
, ‘वस्तीदेखी धेरै माथी जंगल क्षेत्रमा भएकोले निर्माण सामाग्री जुटाउन कठिनाई विच काम गरेका छौं ।
’

सामुदायीक लगानी र ब्यवस्थापनमा सुरु गरिएको अन्नपूर्ण
–धौलागिरी पर्यापदमार्गमा पर्ने
, महरे
, खोप्रा लगाएतका गन्तब्यमा पर्यटकको चाप बढेपछि वास नपाउँदा पर्यटकले भकारीको गोठमा समेत बास वस्नु परेको थियो ।

पर्यटन मन्त्रालयको बाँकी ३० लाख रुपैयाँमा घोडेपानी
–महरे एक दिनको पैदल मार्गमा सिँढीसहितको पदमार्ग बनाउने
, विसौनी थप्ने लगाएतका काम भैरहेको छुट्टै पदमार्ग निर्माण समितिले जनाएको छ ।
‘सरकारले सय नयाँ गन्तब्य त थप्यो तर पर्यटन पूर्वाधार नहुँदा समस्या भएकोले पर्यटन मन्त्रालयको बजेटबाट काम गरिएको हो । भैरहेको कामबाट सन्तुष्ट छु
’ योजना अनुगमनबाट फर्केका प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने
, ‘बेनी
–नागी
–महरे
–घोडेपानी
–खोप्रा पदमार्ग नयाँ गन्तब्य मात्र होईन
, समुदायले ब्यवस्थापन गरेको देशको नमुना पदमार्ग पनि हो ।
’

पर्यटनको लाभ समुदायमा पुर्याउन सुरु गरिएको पर्यावरणीय गाउँ र सामुदायिक पदमार्गमा पर्यटकको भीड अधिक बढेपछि उपलब्ध होटल बास समेतका पूर्वाधार अपुग हुन थालेको छ । पदमार्ग टि हाउस
, क्यम्प ट्रेकको मिश्रण हो ।

पदमार्गमा पर्ने वस्तीमा भने होमस्टे सहित बेनी
–नागी
–महरे
–पुनहिल
–खोप्रा सामुदायीक पर्यापदमार्गका प्रायः सवै लज/होटलको क्षमताले थेग्न छोडेको हो । पदमार्गको उत्कृष्ट गन्तब्य महरे स्थित सामुदायीक लज/होटेलको ४० बेड
, खोप्रामा ४० बेड
, डाँडाखर्कमा १६ बेड
, सिस्तीवाङ्ग सामुदायीक लजमा ३० बेड क्षमता छन । पदमार्गका वस्तीमा भने होमस्टे संञ्चालन गरिएको छ ।

पदमार्ग क्षेत्रका पर्यटन पूर्वाधार बनाउनु पर्ने खोप्रा समेतका गन्तब्य एक्यापमा पर्ने भएकोले पनि पूर्वाधार थप्न समस्या भएको छ । नयाँ पदमार्गमा छोटो समयमै पर्यटकको आकर्षण बढेपछि गाउँपालिकाले पनि पर्यटन पूर्वाधार थप्न कानुनी तथा भौतिक सहयोग थालेको छ ।
‘पदमार्गका महरे
, खोप्रा जस्ता उत्कृष्ट गन्तब्यमा पर्यटकको घुईचो लागेपनि गासबासको समस्या भएको चर्को गुनासो आएपछि होटल पूर्वाधार थप्न एक्यापसँग कानुनी प्रकृया सुरु गरेका छौं
’ पदमार्ग पुरै समेटिएको अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले भने
, ‘गाउँपालिकाले वन तथा वातावरण ऐन बनाईन राष्ट्रिय तथा सामुदायीक वन क्षेत्रमा पर्यटन पूर्वाधार थप्न र वातावरण संरक्षण गर्न अध्ययन गरिरहेको छ । पदमार्ग सुधार गर्न बजेट समेत खर्च गर्ने गरेका छौं ।
’

सामुदायीक पदमार्गका वस्तीमा घरबास र वस्ती नभएका वन तथा हिमाली क्षेत्रमा सामुदायीक लज
, रेष्टुरेन्ट तथा क्याम्पिङ साईटहरु पनि निर्माण गरिएका भएपनि पर्यटन पूर्वाधार अपुग भएको छ ।

पदयात्रीको भीडभाड नभएको शान्त
, जंगलको पदयात्रा दर्जनौ हरेक गन्तब्यबाट सूर्योदय र सुयास्तको दृष्यपान गर्न सकिने
, ग्रामिण जनजीवनमा रमाउँदै चौरी गोठसम्म यात्रा गर्न सकिने यस पदमार्गको मुख्य आकर्षण हुन । हाईस्पीड क्षमताको फ्रि वाई
–फाई इन्टरनेट सुविधा उपलब्ध छन । पर्यटनबाट निश्चित ब्यक्तिबाहेक समुदायले कुनै लाभ लिन नसकेपछि पाँचदेखी
‘अन्नपूर्ण
–धौलागिरी सामुदायीक पर्यापदमार्ग
’ शुरु भएको हो ।
‘मगर जनजाति बाहुल्य वस्ती छिचोल्दै घना जंगल र हिमालफेदीका वुक्यान क्षेत्रमा यात्रागर्न सकिने पदमार्ग सौन्दर्यको अनुपम रहेछ
’ पदयात्राबाट शनिवार मात्र फर्केका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने
, ‘बेनी
–नागी
,–महरे
–घोडेपानी पदमार्ग अति सजिलो तर रोमाञ्चक छ । माछापुच्छ्रे
, अन्नपूर्ण
, निलगिरी
, धौलागिरी हिमश्रृखलाका हिमाल हातैले छुन सकिएला झै लाग्छ ।
’फोटा ः पोकमाया पुर्जा, देवी मायर