FLASH NEWS
  • Loading...

नेपाल कम्युनिष्ट पार्टीका संस्थापकको स्मृति दिवस मनाईयो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२५ पटक पढिएको
नेपाल कम्युनिष्ट पार्टीका संस्थापकको स्मृति दिवस मनाईयो

म्याग्दी, ७ साउन ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१ औं स्मति दिवस म्याग्दीमा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाको योजदान’ विषयक गोष्ठी गरी मनाईएको छ ।

गोष्ठीमा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले पुष्पलाल श्रेष्ठको नेपाली कम्युनिष्ट आन्दोलनमा योगदानको संक्षिप्त कार्यपत्र प्रस्तुत गरे । पौडेलको कार्यपत्रमा पत्रकार महाँसघका जिल्ला अध्यक्ष तारानाथ शर्माले टिप्पणी गर्दै भने, ‘पुष्पलाल कम्निष्टका ‘कुल देवता’ भन्दै कार्यपत्र शास्त्रीय छ । पुस्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा दिएको मौलिकतालाई पछ्याउन नसकेको र दुई तिहाई सहित केन्द्रीय सत्ता र अधिकांश प्रदेश तथा स्थानीय सरकार एवं सत्ता सम्हालेको पार्टीका प्रमुखको कार्यपत्रले भावी आर्थिक तथा राजनैतिक कार्यदिशा नदेखेको छैन ।’

नेकपा जिल्ला सदस्य बालकृष्ण सुवेदीले स्वागत गरी सुरु भएको गोष्ठीमा चन्द्रबहादुर घिमिरे, नेकपा गण्डकी प्रदेश सदस्य विनोद केसी, नवराज शर्मा र प्रदेश सचिव गोविन्द नेपालीले पुष्पलाल श्रेष्ठको विविध पक्षमाथी शास्त्रीय चर्चा दोहोर्याए । गोष्ठी जिल्ला अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता र सचिव हरीकृष्ण श्रेष्ठको संञ्चालनमा भएको थियो ।