आज:  | Tue, 28, Jun, 2022

सलिना जिल्ला प्रथम, सामुदायीक तर्फ निशान

१३ असार २०७६, शुक्रबार १३:१४ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १३ असार ।२०७५ सालको माध्यामिक शिक्षा परिक्षा (एसईई) विहिवार सार्वजनिक परिणाम अनुसार बेनी स्थित माउण्ट एभरेष्ट आवसिय माध्यामिक विद्यालयकी सलिना राम्जाली मगरले ३.८० जिपिए प्राप्त गरिन । सामुदायीक विद्यालयहरु मध्य बेनी नगरापालिका, १० स्थित राष्ट्रिय मावि नेप्नेचौरका निशान चोखालले ३.७० जिपिए अङ्ढ ल्याए । राम्जाली जिल्लाभर र चोलाख सामुदायीक विद्यालयमा जिल्ला पहिलो भएको ति विद्यालयले दावी गरेका छन । शिक्षा विकास तथा समवन्य इकाईका अनुसार विहिवार सार्वजनिक एसईई परिक्षाफलमा ३.६ देखी ४ जिपिए ल्याउने ३४ जना, ३.२५ देखी ३.६ ल्याउने १ सय ७५ जना, २.८ देखी ३.२ जिपिए ल्याउने ३ सय ५३ जना, २.४५ देखी २.८ ल्याउने ६ सय ६५ जना, २.५देखी २.४ ल्याउने ६ सय ६० जना, १.६५ देखी २ ल्याउने ३ सय १९ जना, १.२५ देखी १.६ ल्याउने २२ जना र ०.८५ देखी १.२ जिपिए अङ्ढ ल्याउने १ जना रहेका छन ।खुल्ला विद्यालयबाट एसईई परिक्षामा सहभागी अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका वडाध्यक्ष ५० बर्षिय खमबहादुर गर्वुजा, महिला सदस्यद्वय देवकुमारी गर्वुजा र गेममायाँ पुन तीनै जनाले सि प्लस अङ्ढ प्राप्त गरेका छन । दृष्टीविहिन भरत रिजाल र लक्ष्मण बुढाथोकी दुवैले सि प्लस अङ्ढ प्राप्त गरेका छन ।जिल्ला शिक्षा विकास तथा समवन्य इकाईका अनुसार यस बर्ष ९ वटा परिक्षा केन्द्रमा एक हजार १ सय ११ जना छात्रा समेत दुई हजार दुई सय २९ जना विद्यार्थी एसईई परिक्षामा समेल छन । जसमध्य गलेश्वर माध्यामिक विद्यालयका ३२ जना प्राविधिकधार र २५ जना खुल्ला तर्फबाट हुन ।त्यसैगरी २०७५को माध्यामिक शिक्षा परिक्षा (एसईई) विहिवार सार्वजनिक परिणाम अनुसार हिमालपारीको जिल्ला मुस्ताङ्ग सदरमुकाम जोमसोम स्थित धौलागिरी बोडिङ स्कुलका २ जनाले ए प्लस अङ्ढ प्राप्त गरेका छन । मुस्ताङभरबाट एक सय ३१ जना एसईई परिक्षामा सामेल भएका मध्य ११ जनाले ए, २१ जनाले वि प्लस, ३८ जनाले वि, ४१ जनाले सि र १२ जनाले सी ग्रेड ल्याएका छन ।