श्री सभाध्यक्ष ज्यू एवं सम्पूर्ण सभासद् ज्युहरु, करीव दुइ दशक लामो समय सम्म जनप्रतिनिधि विहिन शासन व्यहोरेका नेपाली जनताले आफैले निर्वाचित गरेका जनप्रतिनिधिहरु मार्फत स्थानीय सरकार सन्चालन गर्ने अवसर २०७४ सालको स्थानीय तह निर्वाचन पश्चात प्राप्त गरेका छन । यसै सन्दर्भमा हामिलाई मालिका गाउापालिकाको नेतृत्व सम्हाल्ने अवसर प्राप्त भएको छ । हामिले हाम्रो क्षमताले भ्याए सम्म जनताको अभिभावक र सेवक भएर काम गर्ने प्रयत्न र जमर्को गरिरहेको सवै सामु विदित नै छ । जनक्रान्तिका माध्यमबाट संधिय लोकतान्त्रिक गणतन्त्रात्मक युग ल्याउन आफ्नो अमूल्य जिवन बलिदान दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति सम्मान व्यक्त गदै सर्वप्रथम त म यस गाउापापलिको विभिन्न ठााउबाट तथा नेपालको बिभिन्न आन्दोलनका बिभिन्न काल खण्डका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धानञ्जली अर्पण गर्दछु । राजनीतिक तथा सामाजिक आन्दोलनका घाइते योद्धा,बेपत्ता नागरिकहरु र नेपालको लामो राजनितिक आन्दोलनका अग्रज योद्धाहरुप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु । हामि जनप्रतिनिधि समक्ष मालिका गाउापालिका वासीले अनगिन्ति विकास र सम्बृद्धी प्रतिको चाहाना र अपेक्षाहरु लिएका छन र त्यो पुरा गर्ने दायित्व हाम्रै कााधमाथि आएको छ । नेपाली जनताले द्वन्द्वको चपेटावाट शान्ति स्थापना हुादै सामाजिक रुपान्तरणको वाटोमा लम्किने अवसर आएको महसुस गरेका हुनाले जनप्रतिनिधि समक्ष जनताले असिमित अपेक्षा राख्नु स्वभाविक पनि छ । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पश्चात जारी भएको संविधान र संविधानले व्यवस्था गरे अनुसारको राज्य पुनरसंरचना भएको छ । तिन तहको सरकारको गठन भएको छ । यि तीन तहका सरकारहरु मध्ये स्थानीय सरकार नै त्यस्तो सरकार हो जसले प्रत्यक्ष रुपमा जनतासाग हेलमेल गर्दछ, जनतालाई नजिकको सरकारको रुपमा अनुभुति दिलाउाछ । जनताहरुको प्रत्यक्ष पहुाचमा भएको सरकार भनेको नै यहि स्थानीय सरकार हो र हाम्रो सन्दर्भमा मालिका गाउापालिका हो । नयाा युगमा प्रवेश गरेको नेपालको नयाा संविधान, नयाा संरचना अनुसारको नयाा सरकार भएको कारण हामिसाग विगतको अनुभव छैन । अव हामि जनप्रतिनिधि मार्फत विकास र सम्मृद्धिको थालनी हुनेछ भनेर आशा र भरोसाका साथ गाउापालिकावासी जनताहरुले हेरी रहेका छन् । छिटो भन्दा छिटो धेरै भन्दा धेरै परिवर्तन चाहिरहेका छन् । हामि पनि चााडौ नै परिवर्तनको महसुस गाउापालिकावासिसामु दिलाउन विभिन्न प्रयासहरु गरी रहेका छौ । यद्यपि हामिसाग भएको श्रोत र साधन हाम्रो विकास प्रतिको चाहाना र गाउापालिकावासीहरुको अपेक्षा वीच तालमेल मिल्न सकेको छैन । हाम्रो अभिलासा, जनताको अपेक्षा धेरै ठुलो छ भने हामिले लगानि गर्ने आर्थिक श्रोत ज्यादै कम छ । पर्याप्त बजेट नहुनु , पर्याप्त कर्मचारी नहुनु , स्थानीय सरकार संन्चालन गर्न प्रयाप्त ऐन कानून बनिनसक्नु जस्ता जटिलता हामिले भोग्नु परेको छ । सम्पुर्ण कामको संस्थागत सुरुवाती थालनी हामि आफैले गर्नु परेको छ । यो महत्वपुर्ण ऐतिहासिक संस्थापक जिम्मेवारीलाइ हामिले सुवर्ण अवसरको रुपमा ग्रहण गर्दै जनताको थप विश्वास जित्न सक्ने जनप्रिय वातावरण निर्माण गर्नु पर्छ । अउदो नेतृत्व पुस्ताका लागि हामि अनुकरणीय पुर्वज बन्न सक्नु पर्छ । त्यसैले हामिले यस वर्ष गाउापालिकावासिसाग बिभिन्न कार्यक्रमका मार्फत सम्पुर्ण गाउावासिसाग भेटघाटको थालनी गरीएकोछ । यसलाइ अझै सुदृढ र व्यवस्थित गर्दै लाग्नु पर्छ । सम्पन्न भएका सर्वोउत्कृष्ट आयोजनाहरुलाइ पुरस्कृत गर्नु पर्छ । गाउापालिकाको गौरवको आयोजनाको रुपमा ठुला र ठोस आयोजना संन्चालनको थालनि गर्नु पर्छ । अब हामि गाउा बिकास गुरुयोजना , उद्यम विकास गुरुयोजना , कृषि विकास गुरुयोजना लगायतका बिषयमा बिस्तृत रणनीति बनाएर अघिबड्नु पर्छ । हाम्रा योजना तथा कार्यक्रमहरुमा अनियमितता तथा लापरवाही हुन सक्ने संम्भावनालाइ ख्याल गरी हामि जनप्रतिनीधीको तर्फबाट सशक्त अनुगमन गरौ ,दिगो भरपर्दो तथा गुणस्तरीय कार्य सम्पादनमा बृद्धि गराउन लागि परौ । श्री सभाध्यक्ष ज्यू एवं सम्पूर्ण सभासद् ज्युहरु, १. अब म आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेटका उद्घेश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु । बजेटका उद्धेश्य निम्न अनुसार रहेका छन् । क. यस गाउपालिकाको पूर्वाधार क्षेत्रको विकासका योजना तर्जुमा गर्ने । ख.सामाजिक सांस्कृतिक तथा आर्थिक क्षेत्रको समूचित विकास गर्ने । ग. जनसहभागीता,उत्तरदायित्व,पारदर्शीता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु । घ. लोकतन्त्रका लाभहरुको समानुपातिक समावेशी र न्यायोचित वितरण गर्नु । ङ. कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप समाजबाद उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्राणाणीलाइ स्थानीय तहदेखि नै सुदृढीकरण गर्नु । च. विपद्बाट हुने जोखिम,लक्षित बर्गको उत्थानमा विशेष जोड दिने । छ. स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई शृदृढ गर्ने । ज. न्यायोचित समाज निर्माणमा योगदान दिने । श्रीमान सभाअध्य ज्यू श्रीमान सभासदस्य ज्यूहरु, अब म आगामी आ.ब.०७६/०७७ का योजना बजेट तथा कार्यक्रमहरुका प्राथमिकताहरुलाइ प्रस्तुत गर्न चाहन्छु । ड्ड पूर्वाधार क्षेत्रको विकास, ड्ड सामाजिक क्षेत्र (शिक्षा,स्वास्थ्य,खानेपानी तथा सरसफाइ,संस्कृति प्रवद्रधन) को विकास ड्ड लक्षित बर्ग उत्थान,समानता तथा सामाजिक समावेशीकरण, ड्ड बन,विपद् तथा वातावरण व्यवस्थापन, ड्ड संस्थागत क्षमता विकास तथा सुशासन, ड्ड कृषि,पशु,पर्यटन तथा उद्योग क्षेक्रको विकास, २. अब म आ.व २०७६/०७७ को नीति तथा कार्यत्रममा आ.ब. २०७५/०७६ मा अवलम्बन गरिएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै थप नीति तथा कार्यक्रमलाई प्रथमिकतामा राखिएको छ सो प्रस्तुत गर्न चाहन्छु । ३. आगामी आर्थिक बर्ष २०७६/०७७ का क्षेत्रमा लगानीलाई उच्च प्राथमिकता दिएको छु । १. पूर्वाधार क्षेत्रको विकास २ सिंचाइ, भवन निर्माण, उर्जा, सञ्चार ३ सामाजिक विकास नीति ः शिक्षा, अध्यक्षसंग शैक्षिक विकास कार्यक्रम ४.उपाध्यक्षसंग स्वास्थ्य तथा सरसफाइ कार्यक्रम ४.१ युवा, खेलकुद तथा संस्कृती ४.२ अध्यक्ष कप खेलकुद प्रतियोगिता ५ आर्थिक विकास ५.१ उपाध्यक्षसंग उद्यमशिलता विकास कार्यक्रम, लैगीक समानता तथा सामाजिक समावेशिकरण ६. कृषि तथा पशु पंन्छीपालन ७. उद्योग, वाणिज्य तथा लघुउद्यम ८. सहकारी तथा पर्यटन ९. वन, वातावरण तथा विपद व्यवस्थापन, जलाधार संरक्षण, जलवायु परिवर्तन १०. सुशासन तथा संस्थागत विकास ११ मानव संसाधन विकास, संस्थागत विकास, वित्तिय व्यवस्थापन १२ राजश्व परिचालन, सामाजिक परिक्षण १३, वित्तिय व्यवस्थापन, सार्वजनिक सुनुवाई,सामाजिक परिक्षण, आन्तरिक र अन्तिम लेखा परिक्षण रहेका छन् । सभाका अध्यक्ष ज्यू सभाका सदस्यज्यूहरु, अब म चालु आर्थिक बर्ष २०७५/०७६ को आय व्ययको यथार्थ स्थिति प्रस्तुत गर्न चाहन्छु । ४, आ.व. २०७५/७६ को आन्तरिक राजश्व संकलनको अवस्था मालिका गाउपालिकामा आ.व. २०७५/०७६ मा आन्तरिक आय रु. २४ लाख १९ हजार ५५ रुपैया मिति २०७६/०२/३० सम्म संकलन भएको छ । आन्तरिक आय तथा लागत सहभागीता बढोत्तरी गर्न आगामी आ.ब.मा विषेश पहल गर्नु पर्ने अवस्था समेत रहेको छ । ५. आ.व २०७५/७६ मा संचालित योजना तथा कार्यक्रमको अवस्था आ.ब. २०७५/०७६ मा कुल विनियोजन रु ३७ करोड ७१ लाख २६ हजार ९६ रुपैया विनियोजन गरिएकोमा मिति २०७६/०२/३० सम्ममा ६८ प्रतिशत योजना तथा कार्यक्रमहरु सम्पन्न भएका छन् । ६. चालु आर्थिक बर्षको सशर्त अनुदान तर्फ रु १३ करोड २४ लाख रुपैया प्राप्त भएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता बापत रु.४ करोड २५लाख ९७ हजार रुपैया प्राप्त भएको छ । ७. अनुदान तथा राजस्व बााफााटका अतिरिक्त झोलुङ्गे पुल निर्माण तर्फ रु १ करोड २५ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फ रु ४९ लाख ५० हजार, प्रधानमन्क्री रोजगार कार्यत्रम तर्फ रु ३५ लाख २१ हजार, गरिवसंग विश्वेश्वर कार्यक्रम तर्फ रु ३ लाख ९४ हजार रुपैयाको सिधै अख्तियारी प्राप्त भएको छ । यस्ता कार्यक्रमको लागि प्राप्त भएको रकमको प्रतिवेदन सिधै नेपाल सरकारमा पठाउने गरी अख्तियारी प्राप्त भएकाले स्थानीय सरकारको बजेट प्रणालीमा समावेश गरिएको छैन । ८. चालु आर्थिक बर्षको बैशाख मसान्त सम्म चालु खर्च रु १६ करोड १ लाख ३२ हजार ३५६ रुपैया ५ पैसा तथा पूाजिगत खर्च रु.७ करोड १७ लाख ६० हजार ७५० रुपैया गरिे जम्मा रु.२३ करोड १८ लाख ९३ हजार.१०६ रुपैया ५० पैसा संन्चीत कोषबाट ट्रान्सफर भइ संचित कोषमा ७ करोड ७ लाख १७ हजार ३१३ रुपैया २८ पैसा बााकी रहेको देखिन्छ । आर्थिक बर्ष २०७५/०७६ को आय तथा व्यय विवरण तथा संशोधित अनुमान र आर्थिक बर्ष २०७६/०७७ को अनुमानित आयव्ययको विवरण अनुसूचिहरुमा उल्लेख गरेको छु ।
सभाध्यक्ष ज्यू, सभाका सदस्य ज्यूहरुअब म क्षेत्रगत रुपमा आगामी बर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु । ९.सडक तथा पूर्वाधार तर्फ मालिका गाउापालिका क्षेत्रमा पर्ने प्राथमिकता प्राप्त विशेष महत्वका सडक आयोजनाहरुलाई बाह्रै महिना संचालनमा ल्याउनका लागि दरबाङ देखि निस्कोट सडक स्तरउन्नती, औल वेली रुम वडा कार्यालाय सम्म सडक स्तरउन्नती, अधिभारा औल हुदै कीटिनी सडक स्तरउन्नती, फुलवारी महभीर हुदै ओखरबोट वडा कार्यालय सम्म सडक स्तरउन्नती, थापाचौर देवीस्थान हुदै वडा कार्यालय सडक स्तरउन्नती, खारा विम वडा कार्यालय सडक स्तरउन्नती, बाइन्नाफााट देखि मालिका मन्दिर सडक निर्माण, दरबाङ्ग देखि दिच्याम सडक स्तरउन्नती, तोलबाङ्ग देखि दुखुलेक सम्म सडक स्तरउन्नती, दुखुलेक देखि दिच्याम मालिका सडक निर्माण, जुग्जा देखि धौलागिरी जोड्ने सडक निर्माण, लुक्सीपार, पात्ले जेम सडक निर्माणका आयोजनाहरुलाई प्राथमिकतामा राखेको छु । यी गौरवका योजनाको निर्माण,मर्मत र स्तरउन्नतीका कार्य शुरु गर्ने गरी एकमुष्ट रु. ३ करोड ८० लाख रुपैया विनियोजन गरेको छु । ९.१ “मेरो सडक मेरो पनी लगानी, गाडी नचल्दा मैलाइ हुन्छ हैरानी” भन्ने मुल नाराका साथ सडकलाइ नियमित संचालनका लागि आकस्मीक कोष स्थापना, सडक निर्माण, भवन निर्माण र अन्य पूर्वाधार निर्माणका लागि एकमुष्ठ रु. २ करोड ३० लाख बजेट विनियोजित गरेको छु । ९.२ मालिका गाउपालिकाको जग्गा खरीदका लागी रु १ करोड बजेट विनियोजन गरेको छु । १०.सिचाइ मालिका गाउपालिका क्षेत्र वर्तमान अवस्थामा सञ्चालित सिंचाई योजनाहरुको स्तर उन्नति गरि थप क्षेत्रमा सिंचाइ सुविधा विस्तार र लिफ्ट सिंचाई लगायत अन्य ठुला सिंचाई परियोजना निर्माणको लागि संघिय सरकार र प्रादेशिक सरकारमा आवश्यक पहल गरिनेछ ।११.भवन निर्माण प्रत्येक वडा कार्यालय तथा स्वास्थ्य कार्यालयहरुको जग्गा भएका र जग्गा नभएका वडाहरुको लागि भवन निर्माण गर्न आवश्यक जग्गा खरिद गरिनेछ जसका लागि रु. ३५ लाख रकम विनियोजन गरेको छु भने भवन निर्माणका लागि उपल्लो निकाय प्रदेश, संघको साझेदारीमा निर्माण गर्नेमा पहल गर्नेछु । १२. उर्जा मालिका गाउपालिकालाई उज्यालो गाउापालिका घोषणा कार्यक्रमलाइ साकार पार्न दाङ्गखोला, रितुङ्ग खोला, खोप्ती खोला, दुखु खोला, शिबरात्री खोलाहरुबाट संभावित लघु जलविधुत उत्पादनकाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट व्यवस्थापन गरेको छु । १३. संचार मालिका गाउपालिकाका सम्पूर्ण व्यक्तिहरुको सुचना माग्ने र पाउने आम नागरिकको नैसर्गिक अधिकार भएकाले सो को प्रत्याभुती गर्न गाउपालिकाले छिमेकी गाउपालिका धौलागिरी र मंगला गाउपालिकासंग समन्वय गरी सामुदायीक एफ एम संचालन गर्नका लागि बजेट व्यवस्था गरेको छु । १३.१ स्थानीय संचार माध्यम र पत्रकारीताका साथै सुचना प्रवर्धन केन्द्र स्थापना गरि हेलो मालिका कार्यक्रम संचालन र पत्रकारहरुको उत्पादन तथा क्षमता बृद्धिका लागि पत्रकारीता तालिम संचालन गर्नका लागि आवश्यक बजेटको व्यवस्थापन गरेकोछु । १४. सामाजिक विकास निति “हाम्रो साक्षर गाउा,हाम्रो भविश्य निर्माण” भन्ने नारालाइ पच्छ्याउदै मालिका गाउपालिकाको शैक्षिक क्षेत्रको समग्र विकासका लागि विद्यार्थीलाइ सहज ढंगले कक्षामा उपस्थित भै पठनपाठनमा सहयोग गरि शैक्षिक क्षेक्रलाइ व्यवस्थित गर्न अध्यक्ष संग शैक्षिक विकास कार्यत्रम भन्ने कार्यक्रम बनाइ माध्यमीक बिद्यालयमा इन्टरनेट जडान, इ लर्निङ शिक्षा, उत्कृष्ट शिक्षक र दलित जेहन्दार विद्यार्थीलाइ पुरस्कार, अपाङ्ग तथा जेहन्दार विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संवाद, स्वास्थ्य चेकजााच,प्राविधिक शिक्षा प्रचार प्रसार,अपाङ्ग विद्यार्थीलाइ शौक्षिक सामाग्री वितरण, प्राविधिक शिक्षा अध्ययन गर्ने दलित तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृद्धि,नमुना बालकेन्द्र स्थापना, पुस्तकालय व्यवस्थापन, विज्ञान प्रयोगशाला स्थापना, लोकसेवा तयारी कक्षा सञ्चालनका लागि एकमुष्ट रु. ३५ लाख बजेट विनियोजन गरेको छु । १४.१. मालिका गाउपालिकाका ७ वडाको सामाजिक विकास, शिक्षा,स्वास्थ्य, सरसफाइ, सांस्कृतिक प्रवर्धन, शिक्षक पोशाक, बालशिक्षा सामाग्री खरीद,ख्क्ष्ब् जााच, खानेपानी मर्मत, स्कुल घेराबन्दी, गराण्ड निर्माण विद्यालयमा चर्पी निर्माण, पर्यटन र संस्कृत प्रवर्धनका लागि बाजा खरीद गर्न एकमुस्ट रु ८० लाख बजेट विनियोजन गरेको छु । १५. शिक्षा “वालमैत्रि गाउापालिका घोषणा कार्यक्रम” का शुचकहरु तय गरि विद्यालय क्षेत्र भन्दा बाहिर रहेका उमेर पुगेका बालबालिकाहरुलाई विद्यालयसम्म पहाुच पुर्याउन विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाइनेछ । बालबालीकाले छनौट गरेका योजनाहरुलाई सम्बोधन गर्दै बालमैत्री गाउा घोषणाको अभियानलाई साकार पार्न रु १० लाख बजेट विनियोजन गरेको छु । १५.१ मालिका गाउपालिका क्षेत्रका विद्यालयहरुमा शैक्षिक गुणस्तरीय शिक्षामा सुद्दृढीकरणर कायम गर्नका लागि रु ४० लाख बजेट विनियोजन गरेको छु । १६. स्वास्थ्य “सुरक्षित गर्भ पतनको सेवा र प्रजनन् स्वास्थ्यको अधिकारको सम्मान हाम्रो अभियान” का साथ स्वास्थ्य तथा सरसफाइ कार्यक्रमलाइ प्रभावकारी बनाइ आमा,बच्चा, किसोरी लगाएत सम्पूर्णको स्वास्थ्य तथा सरसफाइको माध्यमबाट मातृ तथा वालमृत्यूदरलाई कम गर्नका लागि उपाध्यक्षसंग स्वाथ्य तथा सरसफाइ कार्यक्रम सञ्चालन गरि गर्भवति महिलालाइ निशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराउन, स्वाथ्य संस्थामा प्रसुति गराउने महिलालाइ सुत्केरी प्रोत्साहन भत्ता दिन, पानी जन्य रोगबाट सुरक्षित हुनका लागि पानीको गुणस्तर परिक्षणबाट पानीको गुणस्तर सुनिश्चीत गरी पानीको प्रयोग गर्न, विद्यालय मा स्वास्थ्य शिक्षा र प्राथमीक उपचार तालिम,विद्यालयहरुमा प्राथमिक उपचार बक्स वितरण, प्रत्येक वडामा योग शिक्षा, सुनौला हजार दिनका आमाहरुलाई पोषण कार्यक्रम, पूर्णसरसफाइ अभियान संचालन, सुत्केरी भेटघाट कार्यक्रम, महिला प्रजनन् स्वास्थ्य( सिवीर) तथा सरसफाइ अभियानका लागि एकमुष्ट रु.२० लाख बजेट विनियोजन गरेको छु । १७. खानेपानी तथा सरसफाई असुरक्षित पानी र फोहोरका कारणहरुले लाग्ने ८० प्रतिशत भन्दा बढी रोगहरुबाट सुरक्षित रहनका लागि गुणस्तरीय पानी उपलव्ध र पानीको गुणस्तरको सुनिश्चीतका साथ जनसख्या बृद्धिसगै हुने फोहोरको व्यवस्थापन गरी मिटर जडान सहित १ घर १ ट्याङीको अवधारणालाइ संचालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु । १८.युवा खेलकुद तथा संस्कृती “खेलकुद विकासमा समयदान, प्रत्येक वडामा खेलमैदान”, कार्यक्रम अन्तर्गत स्थानीय समुदायको सहभागितामा प्रत्येक वडामा १ वटा वडा स्तरिय खेलमैदान निर्माण गर्ने व्यवस्था मिलाइनेछ । साथै खेलकुदको विकासका लागि अध्यक्ष कप खेलकुद प्रतियोगिता, सञ्चालन गरि भलीबल प्रतियोगीता, फुटवल प्रतियोगीता, निबन्द प्रतियोगीता, हााजिर जवाफ प्रतियोगीता,कविता प्रतियोगीता बादविवाद प्रतियोगीता, नृत्य प्रतीयोगीता जस्ता प्रतियोगीतात्मक खेल संचालन गरी खेलाडी वा प्रतियोगीहरुलाइ प्रोत्साहन, खेलकुद प्रवर्द्धन तथा खेलकुद संरचना निर्माण समेतका कार्य गरी राष्ट्रिय खेलाडी समेत उत्पाद हुने अपेक्षाका साथ रु ७ लाख ५० हजार बजेट विनियोजन गरेको छु । १८.१ मालिका गाउपालिकाका ७ वटै वडाका व्यरोजगार रहेका युवाहरुका लागि विभिन्न रोजगार सम्बन्धि कार्यक्रम संचालन गर्नका लागि रु २० लाख बजेट विनियोजन गरेको छु । १९. लैङ्गीक समानता तथा सामाजिक समावेशिकरण मालिका गाउपालिकामा समुन्नत समाजको निर्माण तथा समाजमा देखिने सवै खाले हिंसाका घटनाहरुलाई न्युनिकरण गर्न पाइलोट कार्यक्रम गरी गाउापालिका क्षेत्रका महिलाहरु विरुद्धहुने सबै खालका हिंसा,दुर्व्यवहार,भेदभाब र शोषणको अन्य गर्नुका साथै दलित, जनजातिहरुको अवस्था अध्ययन गरि नेतृत्व विकास तालिम, चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै उनीहरुका क्षमता विकासका लागि शसक्तीकरण तालिम, सिप विकास तथा आयआर्जनमुलक कार्यक्रम सञ्चालन र ७ वटै वडामा घरेलु हिंसा,मदिरा जन्य पर्दाथ लक्षित कार्यक्रम संचालनका लागि रु १० लाख बजेट विनियोजन गरेको छु । १९.१ विपन्न परिवार आवास कार्यक्रम मार्फत जग्गा विहिन गाउाबासिहरुको ब्यवस्थीत बसोवासको लागी एकिकृत बस्ती निर्माणको थालनी गर्नका लागि घरवास नभएका अति विपन्न घर परिवारलाइ घरवासको व्यवस्था गरिनेछ । त्यसको लागि जग्गा छनौट गरि त्यसको डिपिआर बनाइ कार्यक्रम सञ्चालन गर्नका लागि रु १५ लाख बजेट विनियोजन गरेको छु । १९.२ मालिका गाउपालिकाका ७ वडाका दलित तथा विपन्न समुदायको आयस्तरमा बृद्धि गरि उनीहरुको जिवनमा सुधार ल्याउने उद्धेश्यले छुवाछुत र भेदभावलाइ न्यूनीकरण गरी आयआर्जन र सचेतनामुलक कार्यक्रम संचालन गर्न रु १३ लाख बजेट विनियोजन गरेको छु । १९.३ मालिका गाउपालिकाका ७ वडाका लक्षित बर्गलाइ लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम र अन्य कार्यक्रम संचालन गर्नका लागि आवश्यक रकम विनियोजन गरेको छु । २०. कृषि तथा पशुपंक्षि एक गाउा एक उत्पादन मार्फत आर्थिक उपार्जन तथा रोजगारी सृजनाका लागि आवश्यक सहयोग तथा समन्वय गर्न प्राविधिक सिप विकास तालिम उपलब्ध गराई एक गांउा एक उत्पादन कार्यक्रमबाट प्रत्येक घरमा कम्तीमा एक घर एक रोजगार श्रृजना गरिनेछ । वैदेशिक रोजगारबाट स्वदेश फिर्ता भएका युवाहरुलाई उद्यमी/व्यवसायी बनाउन विशेष कार्यक्रम संचालन गर्न पहल गरिनेछ । २०.१ कृर्षी औजार, हाते मेसिन ट्याक्टर खरीद, भिर मह व्यवस्थापन, बराह ताल संरक्षण, प्राचिन गुफा संरक्षण, कृर्षि अवलोकन भ्रमण, किवि खेती, सुन्तला खेती, तरकारी विउविजन, सुन्तला व्यवसाय कृर्षि तालिम,आलुको विउ खरीद, व्यवसायीक कुखुरा पालन, व्यवसायीक सिमी उतपादन, भट्टमास खेती पकेट क्षेत्र, गोलभेडा पकेट क्षेत्र, भेट्नरी औषधि खरिद, एभोकार्ड तालिम, सतुवा खेती लगाएत कृषि र पशु जन्य कार्यक्रम संचालन गर्नका लागी एकमुष्ट रु ८० लाख बजेट विनियोजन गरेको छु । २१. उद्योग, वाणिज्य तथा लधुउद्यम प्रवर्धन उपाध्यक्षसंग उद्यमशिलता कार्यक्रम मार्फत गाउापालीका क्षेत्र भित्रका गाउा गाउामा आर्थिक विकासका लागि उत्पादनमुलक लघु उद्यम कार्यक्रम तथा एक घर एक उत्पादन विधि संचालन गरिनेछ । १२० जनालाई उद्यमीहरु बनाउनका लागि गाउापालिकाले सघन रुपमा त्इएभ् त्इक्भ् तालिम संचालन, विभिन्न शिप बिकास तालिम संचालन, उद्यमीलाइ प्रविधिमा सहयोग, बजारीकरण तालिम र उद्यमीहरुलाइ अन्तर जिल्ला अवलोकन भ्रमण, उद्यमी र व्याफारी बीच अन्तरक्रीया कार्यत्रम, उत्पादीत सामाग्रीहरुको लेवलीङ तथा प्याकेजिङ जस्ता कार्यक्रम सञ्चालन गर्नका लागि रु. २५ लाख बजेट विनियोजन गरेको छु । २२. विपद व्यवस्थापन मालिका गाउपालिका भौगोलिकतामा अति जोखिममा रहेको क्षेत्र भएकाले यहााका बिभिन्न स्थानमा के कति वेला विपत् आउने हो त्यसको आकलन गर्न नसकीने अवस्था हुदा पहिलानै विपद् व्यवस्थापनका लागि पूर्व तयारी कार्य, राहत सामाग्रीको व्यवस्थापन, विपद कोष स्थापना, प्राथमिक उपचार टोली, खोज तथा उद्धार कार्य समुह आदिको निर्माण पूर्व सूचना प्रणालीको विकास र भूक्षय नियन्क्रणको लागि तटबन्धन, सुन्दर बस्ती निर्माणको लागी ढल निकास जस्ता कार्यत्रमका लागि रु ४५ लाख बजेट विनियोजन गरेको छु । २३.संस्थागत विकास गाउपालिकाको प्रशासनीक तथा संगठनीक संरचना र संस्थागत प्रणाली चुस्त र दुरुस्त विश्वसनिय, क्षमता युक्त प्रभावकारी बनाउदै न्यायीक समितिको कार्यलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन मेलमिलाप अभिकर्ताहरुलाइ पुर्नताजगी तालिम, वडा कार्यालय व्यवस्थापन, उपभोक्ता प्रशिक्षण, विषयगत कार्यालय व्यवस्थापन र गाउापालिकाबाट प्रदान गर्ने सेवालाइ जनमुखि बनाउन परामर्श दिने कार्य संचालन गर्नका लागि रु २६ लाख बजेट विनियोजन गरेको छु । २४.राजश्व परिचालन मालिका गाउपालिकामा राज्यले तोकेका विभिन्न प्रकारका करहरुका विषयमा ७ वटै वडाका व्यवसायीहरुलाइ कर शिक्षा सम्बन्धि अन्तर्क्रीया तथा तालिम संचालन र राजश्वको व्यवस्थापनको सम्भाव्यता अध्ययन प्रतिवेदन तयारका लागि रु ७ लाख बजेट विनियोजन गरिएको छ । २५. वित्तिय व्यवस्थापन, जोखिमको अवस्थालाई मध्यनजर गर्दै जति सुकै रकम भएता पनि वैक खातावाट मात्र भुक्तानी दिइने प्रक्रियालाइ सर्वसुलभ र व्यवस्थीत बनाउनका लागी विक्तिय साक्षरता तथा अन्तरत्रिया कार्यक्रम संचालनका लागि बजेटको व्यवस्था गरेको छु । २६.शुसासन जनताको गुनासोको सुनुवाईका लागी स्थानिय स्तर वा प्रत्येक वडाहरुमा सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गरी उनीहरुका गुनासा सम्बोधन गर्नका लागि रु १ लाख ५० हजार बजेट विनीयोजन गरेको छु । २७.मानव संसाधन विकास मालिका गाउपालिका गाउकार्यपालिकामा कार्यरत कर्मचारीको मूल्याङ्गनका लागि सेवा ग्राही सन्तुष्टी फारमको माध्यमबाट प्राप्त सुझाबका आधारमा कार्यसम्पादन मुल्यांकन गरी काम प्रति इमान्दार कर्मचारीलाई प्रोत्साहीत गर्न आवश्यक कार्यविधि बनाइ प्रोसाहन भत्ता उपलव्ध गराउन सेवा प्रवाह प्रणालिमा आवश्यक सुधार ल्याई मितब्यी र प्रभावकारी सेवा प्रदान गरिनेछ । अब म बजेटमा उल्लीखित क्षेक्रगत नीति तथा कार्यत्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र अनुमान प्रस्तुत गर्न चाहन्छु । २८. आगामी आर्थिक बर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा ३९ करोड ८४ लाख ९४ हजार खर्च हुने अनुमान गरेको छु । कुलविनियोजन मध्य चालु तर्फ रु. २४ करोड ७४लाख पुाजीगततर्फ रु. १५ करोड ९४ हजार रहेकोछ । २९. आगामी आर्थिक बर्षको व्यय अनुमानको विवरण –उपशिर्षकगत तथा खर्च शीर्षकगत समेत ) गाउापालिकाको विनियोजन विधेयक २०७६ संगै पेश गरेको छु । त्यस विवरणमा पदाधिकारी र कर्मचारी तलब भत्ता,पानी तथा विजुली महशुल, घर भाडा, करार सेवा शुल्क सबै कार्यक्रम खर्च, औषधि व्यवस्थापन खर्च ,राहत उद्धार खर्च, शैक्षिक संस्थालाई अनुदान जस्ता प्रशासनीक प्रकृतिका चालु खर्चका लागि चालु खर्च शिर्षकमा रु ५ करोड ६० लाख विनियोजन गरिएको छ । जुन कुल बजेटको १४.०५ प्रतिशत हुन आउाछ । ३०. आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्य संधिय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु ८ करोड ३२ लाख, शसर्त अनुदानबाट प्राप्त रु १२ करोड ८९ लाख,संघिय बिभाज्य कोषबाट प्राप्तहुने राजश्व बााडफाडबाट ६ करोड ९५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु १ करोड २१ लाख ४५ हजार,प्रदेश सरकारबाट शषर्त अनुदान १ करोड, प्रदेश राजश्व बााडफाडबाट प्राप्त रु २२ लाख ४९ हजार,आन्तरीक राजश्वबाट प्राप्त हुने रु ३५ लाख ,गत बर्षको अनुमानित मौज्दात रु ४ करोड,सामाजिक सुरक्षा भत्ता ४करोड ९० लाख उपयोग गरिनेछ । आदणीय सभाअध्यक्ष ज्यू तथा सदस्यज्यूहरु, मालिका गाउापालिकाले लिएको यस आर्थिक बर्षको बजेटले यस गाउापालिकालाइ समृद्ध बनाइ जनतालाइ सुखी बनाउन सकिन्छ । हामीले यी अवसर उजागर गदै नमुना गाउापालिका वनाउान जनताले हामिलाई निर्वाचित गरी पठाउनुभएको छ । यस गाउपालिकालाइ समृद्ध बनाउने अभियान भनेको हामिले वनाएको नीति, कार्यक्रम तथा बजेटनै यस लाई सघाउने योजना निर्माण नै हुन । तसर्थ गम्भिर छलफल मार्फत सहि योजना तर्जुमा छलफल सल्लाह सुझाव प्राप्त हुने नै छ भन्ने पुर्ण विश्वास लिएकोछु । अन्तमाः म यस मालिका गाउापालिकाको सम्मानित सभालाई जनप्रतिनिधिको हैसियतले सम्वोधन गर्ने मौका पाएको अवसरमा सम्पूर्ण गाउावासि आमा,वुवा,दाजु,भाइ तथा दिदि वहिनीहरु, राजनैतिक दलका आदरणिय नेताहरु, विभिन्न संघ संस्थाहरु, सभासदज्यूहरु, सञ्चारकर्मि मित्रहरु, कर्मचारी तथा सुरक्षाकर्मी मित्रहरु लगायत सम्पुर्णमा कृतज्ञता ज्ञापन गदै नीति कार्यक्रम तथा बजेटका कुराहरु यहााहरुको विचमा राख्दछु । हस सबैलाइ धन्यवाद, जय मालिका गाउपालिका श्री खरमाया विटालु उपाध्यक्ष मालिका गाउपालिका