- Loading...
नागरिक समाजद्धारा चिन्ता ब्यक्त
- पुनहिल डट कम
- ५ साल अघि
- ४३८ पटक पढिएको

म्याग्दी, ९ असार ।
देशभरका स्थानीय सरकारले असार १० गते मंगलवार आर्थिक बर्ष ०७६/०७७ कालागीे बार्षिक बजेट सार्वजनिक गर्दैछन । तर बेनी नगरपालिका भने बजेट विहीन हुने छ ।
मेयर हरीकुमार श्रेष्ठ र नगरकार्यपालिका सदस्यहरु विच विकसित संवादहीनताले निम्त्याएको गतिरोध अन्त्य नहुँदा बेनी नगरपालिका बजेट विहीन हुन लागेको भन्दै म्याग्दीका नागरिक अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन ।
सोमबार नागरिक समाज, पत्रकार महाँसघ, उद्योग वाणिज्य संघ, गैहृसरकारी संस्था महाँसघ र मानवअधिकारवादी संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरी असार १० गते नीति, कार्यक्रम तथा बजेट ल्याउनै पर्ने संवैधानिक तथा कानुी मान्यता विपरित आव ०७६/०७७ को बार्षिक बजेट ल्याउन चासो र चिन्ता ब्यक्ति गरेका हुन ।
विज्ञप्तीमा भनिएको छ, ‘संविधान र कानुनको ब्यवस्था अनुसार बजेट सम्बन्धी प्रकृया पालना नभएमा नेपाल सरकारबाट कानुन अनुसार हस्तान्त्रण हुने सवै प्रकारका अनुदान रकम निकासा र राजश्व बाँडफाँडको रकम पाउन कठिनाई हुने कानुनी ब्यवस्था विपरित बजेट ल्याउन प्रकृया सुरु नगरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।’
मेयर–कार्यपालिका सदस्यहरु विचको विवादको मुख्य विषय जेठ ३ गतेको नियमित बैठकको शिक्षा शाखामा कर्मचारी नियुक्त गर्ने १४ औं नम्बरको निर्णयका सम्बन्धमा उच्च अदालत पोखराको बाग्लुङग इजलासमा रिट दायर उत्प्रेषणयुक्त आदेश समेत भएको अवस्था छ ।
उच्च अदालत पोखराको बाग्लुङग इजलासको उत्प्रेषणयुक्त आदेशको सम्मान गर्दै अदालतमा विचराधिन विषयको छायाँ नगरपालिकाको बार्षिक बजेट, नीति तथा कार्यक्रममा पर्न नहुने नागरिक आवाज हो । सोही अनुसार नागरिक अगुवाहरुले मेयर, उपमेयर, कार्यपालिका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृतसँग छुट्टाछुट्टै र राजनैतिक दलका अगुवाहरु समेत सवै पक्ष एक ठाउँमा बसी गोलमेच बैठक आयोजना गरिएकोमा अदालतको ढोकामा जाने पक्ष लचिलो नबन्दा बेनी नगरपालिका बजेट विहीन अवस्थामा पुगेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
