FLASH NEWS
  • Loading...

१५ वुँदे घोषणा पत्र जारी गर्दे सकियो दलित जनप्रतिनिधी भेला

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४९२ पटक पढिएको
१५ वुँदे घोषणा पत्र जारी गर्दे सकियो दलित जनप्रतिनिधी भेला

म्याग्दी, ८ असार ।

जिल्लाका सवै ६ वटा स्थानीय तहका दलित अगुवा र दलित जनप्रतिनिधिहरुको बृहत भेलाले “दलित विकास समिति, म्याग्दी” गठन गरी १५ बुँदे बैसरी घोषणापत्र जारी गरेको छ ।

नेकपाका गण्डकी प्रदेश कमिटिका सदस्य टेकबहादुर विकको प्रमुख आतिथ्यतामा समपन्न भेलाले समितिको संयोजकमा याम किसान र यामकुमारी विकलाई उपसंयोजक चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा क्रमश ः पृथलाल विक, रासबहादुर विक, थमन विक, भरत हर्मेल, नरबहादुर विक, गिरीप्रसाद बोहोरा, सम्मर मिजार, यामबहादुर विक, सम्झना परियार, टेकबहादुर विक, तोयाराम परियार, सुस्मा सेन्चुरी, सिर्जना श्रीपाली चयन भएका छन ।

आईतवार सम्पन्न दलित अगुवाहरुको भेलाले जातिय छुवाछुत तथा विभेदको आन्दोलनलाई बर्गिय र समाज परिवर्तनको आन्दोलनको रुपमा अघी बढाउने, दलित समुदायलाई जिल्लामा समानुपातिक सहभागिताको लागि दलहरुलाई ध्यानाकर्षण गराउने, दलित छाक्रवृत्तिको कार्यत्रम प्रभावकारी र पारदर्शी बनाउने, विपन्न र जेहेन्दार दलित बालकालिकालाई उच्च तथा प्राविधिक शिक्षाकालगी अनुदानको ब्यवस्था गर्ने उल्लेख छ ।

त्यसैगरी घोषणा पत्रमा, एक सामुदायीक विद्यालय एक दलित शिक्षक पहल गर्ने, दलित युवा/युवतीका लागि निःशुल्क लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालनको लागि पहल गर्ने, दलित समुदायको परम्परागत सिप र कलालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न पहल गर्ने, दलितको आर्थिक आत्मनिर्भरता बढाउन परम्परागत कृषी पेशालाई ब्यवसायीक तथा प्रविधीयुक्त बनाउने, पर्यटन, कृषि, उद्योग क्षेत्रलाई प्रबर्द्धन गरी दलित समुदायलाई रोजगारमा आबद्ध गराउने तथा अति विपन्न दलितहरुका लागि राज्यको तर्फबाट निःशुल्क स्वास्थ्य विमाको व्यवस्थाका लागि पहल गर्ने उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल