- Loading...
धौलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
- पुनहिल डट कम
- ५ साल अघि
- ४६० पटक पढिएको

म्याग्दी । ७ असार ।
म्याग्दीको दुर्गम धौलागिरी गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले अवलम्बन गर्ने आर्थिक नीति तथा कार्यक्रम शनिवार सार्वजनिक गरेको छ ।
गाउँपालिका केन्द्र मुनामा आयोजित छैटौ गाउँसभामा अध्यक्ष थमसरा पुनले आगामी आर्थिक वर्षको लागि ८२ बुँदे नीति तथा कार्यक्रम पेस गरेकी हुन । गापाले सार्वजनीक गरेको नीति तथा कार्यक्रममा दरवाङ–ताकम–मुना सडकमा नियमित यातायात हुन सक्ने बनाउने, सवै वडालाई सडकले जोड्ने, खेतीयोग्य जमिनमा सिचाई सुबिधा विस्तारका लागि कुलो र थोपा सिचाईको व्यवस्था गर्ने, विधुतको केन्द्रीय प्रशारण लाइन विस्तारमा जोड दिने, नगदे र फलफुल खेती विस्तार, कृषीमा यान्त्रीकरण तथा पचास प्रतिशत अनुदान दिने, मानव मुत्रको प्रयोग गरि प्राङगारिक खेतीलाई प्रोत्साहन गर्ने तथा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।
त्यसैगरी ब्यवसायीक पशु पालन, दुध तथा दुधजन्य पदार्थको ब्यवसायीक उत्पादन गर्ने कृषकलाई पचास प्रतिशतसम्म अनुदान, समुह वा संस्थागत रुपमा ब्यवसायीक कृषी, फलफुल, पशुपालन गर्नेलाई अनुदान दिने नीति ल्याएको छ । गापा भित्रका खानीको पहिचान र उत्खननका लागि पहल, सञ्चालित खानीहरुलाई कानुनी दायरामा ल्याउने भएको छ ।
पर्यटकीय स्थलहरुको विकासका लागि नयाँ गन्तब्यको पहिचान र आवश्यक पूर्वाधार विकासका लागि गुरुयोजना तयार पार्ने, पालिकामा भित्र्ने पर्यटकको अभिलेख राख्ने, बाह्य पर्यटकको बसाई लम्बाउन सांस्कृतिक संग्रहालय बनाउने र होमस्टे सञ्चालन गर्ने भएको छ ।
खेलकुदको विकासका लागि पालिका स्तरीय रंगशाला बनाउन प्रदेश र संघीय सरकारसंग पहल गर्ने, कृषि पर्यटनसंगसंगै अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच बढाउन एम्बुलेन्स खरिद गर्ने, विद्यालयमा विद्युतीय हाँजिरी जडान गर्ने, शून्य दरबन्दिका विद्यालयमा सहयोग, भौतिक पूर्वाधार सुधार, एक विद्यार्थी, एक ओखर रोप्ने अभियानलाई निरन्तरता दिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
