FLASH NEWS
  • Loading...

रघुगंगा गाउँपालिकाको आव ०७६/०७७ को बजेट सार्वजनिक

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३४८ पटक पढिएको
रघुगंगा गाउँपालिकाको आव ०७६/०७७ को बजेट सार्वजनिक

|????????????????????????????????????

म्याग्दी, ५ असार ।
रघुगंगा गाउँपालिकाले निर्धारित समयभन्दा ५ दिन अगाडी नै विहिवार आव ०७६/०७७ को निजी तथा कार्यक्रमसँगै बार्षिक बजेट सार्वजनिक गरेको छ ।
रघुगंगा गापाले आगामी आव ०७६/०७७ कालागी ३१ करोड ४१ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । गापा उपाध्यक्ष कमला तिलिजाले गाउँ सभामा पेश गरेको बजेटमा चालु तर्फ १९ करोड ८३ लाख (६३ प्रतिशत) र पुँजीगत तर्फ ११ करोड ५८ लाख (३७ प्रतिशत)को बजेट सार्वजनिक गरेकी छिन । चालु खर्चमध्य ६ करोड १ लाख गाउँपालिका कार्यालयको प्रशासनीक खर्च हो ।
‘बजेटले अनुत्पादक प्रशासनिक खर्च कटौती गरेको छ । बजेटले गत बर्षभन्दा प्रशासनिक खर्चमा ९० लाख ७१ हजार कटौती गरेको छ’ प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने, ‘यस पटकको बजेट परिणाममुखी योजनामा बढी केन्द्रीत छ । कनिका छरेर विकास हुन्न भन्ने कुरामा जनप्रतिनिधी सचेत हुनुहुन्छ ।’
‘गाउँपालिकाले सार्वजनिक गरिएको बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान र ७ करोड ६६ लाख, संघिय राजश्व बाँडफाँडबाट ७ करोड २ लाख, सशर्त अनुदान १३ करोड ८२ लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने विक्तिय समानीकरण अनुदान रु १ करोड २० लाख १२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३१ लाख १९ हजार र आन्तरिक राजश्वबाट प्राप्त हुने ४० लाख समावेश गरिएको छ । यस बजेटमा चालु आर्थिक बर्षको असार मसान्त सम्म पनि खर्च हुन नसकेर बचत हुन आउने अनुमानित रु १ करोड बजेटलाई समेत समावेश गरिएको छ ।
‘विशेष परिस्थितीले आजै गापाको निती तथा कार्यक्रम र बार्षिक बजेट प्रस्तुत गरेका छौं । प्रस्तुत बजेटमा गाउँसभाका सदभासदहरुले विस्तृत छलफलगरी आगामी असार २० गते अर्को बैठक वेलाएका छौं, त्यही बजेटमा विस्तृत छलफल गर्छौ’ गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘बजेट ट्याक्क ट्याक्क देखिने योजनाकालागी विनियोजन गरेका छौं, सकेसम्म परिणममुखी हुन्छ ।’
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल