प्रकृतिका कुचिकार गिद्ध लोपोन्मुख

४ असार २०७६, बुधबार १२:५५ मा प्रकाशित (1 वर्ष अघि)
पुनहिल संवाददाता

म्याग्दी, ४ असार ।

अँग्रेजीमा भल्चर भनिने गिद्धलाई हिन्दुको धार्मिक ग्रन्थ रामायणमा जटायु भनिएको छ । गिद्ध प्रकृतिका अभिन्न अङ्ग हुन ।

मानवजातिलाई कुनै हानी नपुर्‍याउने र प्रकृतिलाई सफा, दुर्गन्धरहित बनाउने जटायु अर्थात गिद्ध मरेको जनावर अर्थात सिनु खाने चरो हो । गिद्ध आफैले सिकार गर्दैनन् । गिद्धले ३ दिनमा १ किलोग्राम र बर्षमा १ सय २० किलोग्राम सिनो खाएर प्रकृतिलाई सफा गर्छ ।

गिद्धलाई देखेर सिनु पत्ता लगाउने र सुँघेर सिनु पत्ता लगाउने क्षमताका आधारमा दुई भागमा बाँडिएका हुन्छन । तर यो पंक्षि बासस्थानको अभाव र विषादी युक्त सिनुको सेवनबाट लोपोन्मुख अवस्थामा छन ।

डाइक्लोफिनिक औषधी प्रयोग भएको पशुको सिनु खाएपछि गिद्ध मर्नुको साथै गिद्धलाई सहजै प्राप्त हुने सिनु अर्थात भीरबाट लड्ने/मर्ने चौपायाको (गाउँघरमा फिरन्ते रुपमा पालिने गाईभैसी) गोठहरु विस्थापन भएको, मोटरबाटोले परम्परागत ढुवानी साधन खच्चड विस्थापित भएका र बढ्दो तापक्रमले अनुकुल वासस्थानको अभावले गिद्धले बसाई सराई गरेपछि गाउँघरमा पहिला जस्तो गिद्ध पाईन छोडेका छन ।

गिद्धसंरक्षण गर्न सरकार, पंक्षि संरक्षण संघ र स्थानिय समुदायको अग्रसरतामा नेपालका विभिन्न स्थानमा जटायु रेष्टुरेन्ट स्थापना गरिएको छ । विश्वमा पाईने २३ प्रजातिका गिद्धमध्य नेपालमा हाडफोर गिद्ध, डंगर गिद्ध, सानो खैरोगिद्ध, हिमालीगिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध, सेतोगिद्ध र लामो ठुँडेगिद्ध समेत ९ प्रजातिका गिद्ध पाईन्छन । लामो ठूँडेगिद्ध नेपालमा पछिल्लो पटक शिकारी चराविद तुलसी सुवेदीसमेतको टोलीले ०६८ मंशिर १५ गते चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा फेला परेको गिद्ध हो ।

धौलागिरी हिमालपारीको मुस्ताङ्गमा गिद्धहरु लोपहुन थालेफछि त्यहाँको गुरुङ्ग जाती (लोवा) समुदायका मान्छे मर्दा लाशलाई टुक्राटुत्रा पारी गिद्धलाई खुवाउने संस्कार अझै जीवित छ । मुस्ताङ्गको मध्य तथा उपल्लो भेगका गुरुङ्ग समुदायका सदस्यको मृत्यु भएमा लामाको निर्णय अनुसार केहीको शवलाई टुक्रापारी खोला किनारका ढुङ्गामा राखी लामाले सुसेल्दै गिद्धलाई बोलाई खुवाउने प्रचलन विद्यमान छ । त्यस संस्कारमा मृतकको माशु गिद्धले नखाएमा अपसगुन मानिन्छ ।

मानवजातिलाई कुनै हानी नपुर्‍याउने र प्रकृतिलाई सफा, दुर्गन्धरहित बनाउने जटायु अर्थात गिद्ध मरेको जनावर अर्थात सिनु खाने चरो हो । गिद्ध आफैले सिकार गर्दैनन् । गिद्धले ३ दिनमा १ किलोग्राम र बर्षमा १ सय २० किलोग्राम सिनो खाएर प्रकृतिलाई सफा गर्छ । गिद्धलाई देखेर सिनु पत्ता लगाउने र सुँघेर सिनु पत्ता लगाउने क्षमताका आधारमा दुई भागमा बाँडिएका हुन्छन । तर यो पंक्षि बासस्थानको अभाव र विषादी युक्त सिनुको सेवनबाट लोपोन्मुख अवस्थामा छन ।