आज:  | Sat, 25, Jun, 2022

मुक्तिनाथमा नासिँदै मौलिकता

४ असार २०७६, बुधबार १०:१४ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
मुक्तिनाथमा,  ४ असार । हिमालपारीको जिल्ला मुस्ताङ्गको मुक्तिनाथ मन्दीर बौद्ध तथा हिन्दुको साझा तिर्थस्थल हो । तिब्बती भाषामा मुक्तिनाथलाई छु–मिग–ग्या–च्या भनिन्छ । आदीकालदेखी हिन्दु भगवान महादेव र विष्णुले वास गरेको मुस्ताङ्ग (भोट) कालीगण्डकी सभ्यताको उद्गम स्थलमध्य मुक्तिनाथ पनि एक हो । धार्मिक मान्यता र किम्बदन्ती फ्रशस्त छन । विस १८७१ मा मुक्तिनाथ मन्दीर निर्माण गरिएको हो । तत्कालिन राजा गिर्वाणयुद्ध वित्रम शाहकी रानी ……..तीर्थाटनकालागी मुक्तिनाथ आउँदा नियमित पुजा संञ्चालन प्रवन्ध गरेकी हुन । बाहृय पर्यटक तथा धार्मिक पर्यटकको आगमन बृद्धीसँगै मुक्तिनाथको प्राचिन सभ्यता र मौलिकता नासिदै जान थालेका छन । त्यसैको उदाहरण हुन, परम्परागत मुण्डे घर भत्काएर आरसिसि ढलान घर बनाउने होडबाजी । सडकको पहुँच वृद्धीसँगै मुस्ताङ्गका प्राचिन वस्तीहरु प्रभावित हुन थालेका छन । मौलिकता हराउँदै, आधुनिकताले अँचेट्दै गैरहेको छ । मुक्तिनाथ–रानीपैवा क्षेत्रमा ७२ घर छन । यी मध्य ४२ वटा ठूला पर्यटक लक्षित होटल हुन । बाँकी घरमा पनि बाहृय तथा धार्मिक पर्यटक लक्षित टि हाउस, रेष्टुरेन्ट, क्यूरियो तथा किनारा पसल छन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) मुक्तिनाथ कार्यालयको अभिलेख अनुसार मुक्तिनाथ–रानीपैवामा पछिल्ला दुई बर्षमा १० वटा आधुनिक र महंगा होटल थपिए । थप तीन वटा अत्याधुनिक होटल एक बर्षभित्र संञ्चालनमा ल्याउनेगरी निर्माणाधिन छन । ‘विश्वभरबाट ओईरिने बाहृय तथा धार्मिक पर्यटक, सडक पहुँच र सूचनाप्रविधीको प्रभावाट हिमालपारीका परम्परागत वस्ती अछुतो रहेनन । हाम्रा प्राचिन सभ्यता र संस्कृति नासिँदै छन । आधुनिकतालाई रोक्न सक्ने क्षमता हामीले गुमाईरहेका छौं’ वाहृगुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फोन्चोक छेक्तेन गुरुङ्ग (धारा)ले भने, ‘पदमार्ग र सडक मार्ग जोडिएका वस्तीमा सम्पदा नासिनेक्रम तिब्र छ, भित्री वस्तीमा कसरी जोगाउने चिन्ता छ ।’ बेनी–जोमसोम–मुक्तिनाथसम्मै सडक पहुँचपछि नेपाली तथा भारतिय पर्यटकको आगमन हृवात्तै बढेपछि राख्ने क्षमता पुगेन । त्यसैले थोरै क्षेत्रफलमा धेरै पाहुना राख्न आरसिसि भवन, विकल्प बनेको स्थानीयको भनाई छ । मुक्तिनाथमा एकै रात एक हजारबढी पर्यटक वास राख्न सकिन्छ । चिसो मुक्तिनाथका होटलमा तातोपानीसहित स्नानकक्ष, न्यानो शयन कक्ष, निःशुल्क वाईफाई सहितका होटलमा न्यूनतम १ हजार ५ सय देखी ५ हजासम्मका कोठा पाईन्छन । ‘मुक्तिनाथमा गासबास पाईदैन भन्ने दिन गए । हामी सवैलाई राम्रो र स्तरिय सेवा दिन सक्छौं । किफायती खर्चमा हिंड्न चाहने यात्रुकालागी पनि साना होटल उपलब्ध छन’ रानीपौवा स्थित होटल वब मार्लिका कर्मछिरिङ्ग गुरुङ्गले सुनाए । मुक्तिनाथमा मात्र होईन, मुस्ताङ्गका पदमार्ग र सडक मार्ग पुगेका प्रायः सवै वस्तीलाई आधुनकिताले लपेड्दै लगेको छ । प्राचिन मौलिकता बोकेका मुण्डे घर नासेर आधुनीक आरसिसि भवन ठडिन थालेका छन । पुरानो भेषभुषा र संस्कृति विस्तारै म्युजिएम पस्न थालेका छन । परम्परागत सवारी साधन घोडा विस्थापित भै हरेक मुस्ताङ्गीका दैलोमा मोटर पुगेको छ ।’ ‘आधुनिकताको मारमा विश्वका सवै प्राचिन सभ्यता मारमा परेका छन । हामी पनि अछुतो रहेनौं । पुरै रोक्न सक्ने अवस्थामा पनि छैनौं’ घरपझोङ गाउपालिका उपप्रममुख शर्मिला गुरुङ्गले भनिन, ‘मुस्ताङ्गको सम्पदा सुरक्षा गर्न गूरु योजना निर्माण गर्न र मूतास्ङ्गमा सौन्दर्य थप्न प्रयत्नशिल छौं ।’