- Loading...
बेनीमा युवतीसहित ५ लागुऔषध बाहक पक्राउ
- पुनहिल डट कम
- ५ साल अघि
- ३५२ पटक पढिएको

म्याग्दी, २ असार ।
प्रहरीले ८६ सेट लागुऔषध सहित बेनीबाट स्थानीय कारोवारी/सेवनकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले बेनी नगरपालिका, ८ बेनीको न्यूरोडबाटस्थानीय सेवनकर्ता/कारोवारीबाट डाईजापाम, फेनेरागन र निफुन मिलाएर प्याक गरिएको ८६ सेट लागुऔषध सहित दुई युवती सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा बेनी नगरपालिका, ८ बेनीका वियज बानियाँ (२८), बेनपा, ९ गलेश्वरका राजकुमार शेरपुजा मगर (२१), बेनपा, ७ मंगलाघाटका प्रविण छन्त्याल (२०), बेनपा, ८ न्यूरोडकी रेजिना श्रेष्ठ (२३), मंगला गापा, ३ की सीता केसी (२२), रघुगंगा गापा, १ बेगका निखिल फगामी (२१) रहेका छन । पक्राउ परेका लागुऔषध कारोवारी/प्रयोगकर्ताहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थपगरी अनुसान्धान सुरु गरेको जनाएको छ ।
भारयित सीमावर्ती सुनौली नाका हुँदै सदरमुकाम बेनी भित्राईएईने लागुऔषध (डाईजापाम, फेनोरागन) का बाहिर जिल्लाका भरियालाई पक्राउ गर्ने प्रहरीले यस पटक कारोवारी/प्रयोगकर्तासम्म पुगेको हो । प्रहरीले ०७३ बैशाख, ०७४ फागुन, ०७५ पुस र ०७६ असार पहिलो दिनमा सुनौली नाकाहुँदै जिल्ला भित्रिएको एकै नाम गरेका र करिव उत्तिकै मात्रामा लागुऔषध बरामदसहित कारोवारी पक्राउ परेका छन ।
‘पहिलोपटक लागुऔषधका स्थानीय कारोवारीसम्म पुगेका छौं । जिल्लामा लागु औषध कारोवार बढ्दै गएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लक्ष्मण देवकोटाले भने, ‘अनुसन्धान भैरहेकोले थप जानकारी खुल्ने छ ।’
सदरमुकाम बेनीसमेत लागुऔषध प्रयोगकर्ता किसोर–किसोरीको संख्या बढेको प्रहरीले दावी गरेको छ । सदरमुकामसमेत सहरी क्षेत्रमा ब्राउनसुगर, इन्जेक्सनबाट लागुऔषध सेवनकर्ता बढी छन । सहरी क्षेत्रमा मात्र होईन जिल्लाका अधिकांश ग्रामिण क्षेत्रका विद्यालय तहमा समेत चरेस र गाँजा जस्ता नसालु पदार्थ सेवन गर्ने बढेका छन । विद्यालय तहको कलिलो उमेरमा मदिरा सेवन गर्नु त समान्य जस्तै भएको छ । डाक्टरको प्रिस्क्रिप्सन र विरामीको अभिलेख विना प्रयोग गर्न नपाईने डाईजीपाम, क्लोनाजीपाम, अल्प्राजोलाम जस्ता औषधी गिरोहहरुले विद्यालय, क्याम्पसका विद्यार्थीसम्म पुर्याएका छन ।
प्रहरीका अनुसार यो बर्ष सदरमुकाममा सिरिन्जबाट नसा लिने दुर्ब्यसनीको संख्या देखिन थालेको छ । औषधीको दुरुपयोग गर्नेबाहेक ब्राउण्ड सुगर, चसेर, गाँजा सेवनकर्ता पनि उल्लेख्य छ । कहिले काहीं यस्ता दुर्वसनी पक्राउ पर्ने भएपनि तस्करसम्म पुग्न प्रहरी अक्षम छ । श्रोतका अनुसार जिल्लाको पश्चिम दरवाङ्ग र उत्तरको दाना क्षेत्रबाट गाँजाचरेस पोखरा, काठमाण्डौ तथा बुटवलतर्फ निकासी हुन्छ । भने बुटवलबाट ब्राउनसुगर, कोकिन र अन्य लागुऔषध जिल्लामा भित्रने गरेको छ ।
फोटो ः जिल्ला प्रहरी कार्यालय, म्याग्दी

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
