FLASH NEWS
  • Loading...

सहज बन्दै धौलागिरी पदमार्ग

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४३९ पटक पढिएको
सहज बन्दै धौलागिरी पदमार्ग

घनश्याम खड्का कान्तिपुर दैनिकबाट साभार ।

फोटा ः पुनहिल 

(म्याग्दी) — परम्परागत जोखिमपूर्ण पदमार्गको स्तर सुधार गरेपछि धौलागिरी चक्रीय पदमार्ग सहज भएको छ । धौलागिरी हिमशृंखलाका ५ हिमाल, सीता चुचुरो र राउन्ड धौलागिरी गर्न जाने पर्यटकले ज्यान धरापमा राख्दै डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने नाउरा भीरमा साना भारीसहित खच्चड हिँड्न मिल्नेगरी स्तरोन्नति गरिएको छ  ।

बगरादेखि दोभान, सल्लाघारी हुँदै इटली क्याम्पसम्म ३ दिनको निगालाको झाडी फाँडेर घोडेटो निर्माण गरिएको हो । बाटोमा पर्ने कम्तीमा ५ वटा खोलामा झोलुङ्गे पुल र ठाउँ–ठाउँमा बिसौनी निर्माण भएपछि धौलागिरी पदमार्ग सहज भएको हो ।

साविकको जिल्ला विकास समिति र गाविसको लगानीमा नाउरा भीरमा ट्र्याक खुलेको थियो । धौलागिरी गाउँपालिकाले ट्र्याकको डिलमा रेलिङ राख्ने, सुधार गर्ने र मिलाउने काम गरेको थियो । बाँकी क्षेत्रमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख लागतमा नाउरादेखि सल्लाघारीसम्म विभिन्न खण्डका ९ किलोमिटर ५० मिटर साँघुरा, अप्ठेरो बाटो मर्मत गरिएको छ ।

सल्लाघारीदेखि इटली क्याम्पसम्मको एक दिनको पदमार्गको झाडी भने धौलागिरी गाउँपालिका–४ मुदीको बगरावासीले श्रमदान गरी फाँडेर घोडेटो बाटो निर्माण गरेका हुन् । त्यसैगरी संघीय पर्यटन मन्त्रालयबाट विनियोजित १५ लाख रुपैयाँ खर्चेर इटलीक्याम्पबाट जापानिज क्याम्प जोड्ने नयाँ पदमार्ग निर्माण गरिएको छ । इटलीक्याम्पबाट स्विस क्याम्प हुँदै जापानिज क्याम्प जोड्ने पुरानो बाटो हिमपहिरोले बगाएपछि करिव २ सय मिटर भीर खोपेर नयाँबाटो खोलिएको निर्माणमा खटिएका धौलागिरी गाउँपालिकाका प्राविधिक दीपेन्द्र थापाले बताए ।

‘पहिरोले पदमार्गमा क्षति पुग्ने गर्छ,’ प्राविधिक थापाले भने, ‘इटली क्याम्प छेउमा बाह्रै महिना सानो ठूलो हिमपहिरो झरिरहने भएकाले ५० मिटर बाटो भने एक सिजनबाट अर्को सिजनमा टुङ्गो हुँदैन ।’ भीरपहरा र बाक्लो निगालोको झाडीमा बाटो पत्ता लगाउन नसक्दा सास्ती खेप्नुपर्ने धौलागिरी पदमार्गको इटालियन क्याम्पसम्म अहिले खच्चडबाट सामान ढुवानी गर्न थालिएको छ । पर्यटकले इटाली बेसक्याम्पसम्म टी हाउस ट्रेक गर्न सक्छन । गण्डकी प्रदेश पर्यटन मन्त्रालयको ३१ लाख अनुदानमा इटली बेस क्याम्पमा स्वास्थ्य परिक्षण तथा सूचना केन्द्रका लागि भवन निर्माण भैरहेको धौलागिरी गाउँपालिकाले जनाएको छ । ‘स्वास्थ्य परीक्षण तथा सूचना केन्द्र पदमार्गमा पर्ने अन्तिम बस्ती बगरामा राख्न भनेका थियौं तर मन्त्रालयले मानेन,’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘उपभोक्ता समिति मार्फत भवन निर्माण भैरहे पनि बस्तीदेखि तीन दिनमाथि हिमालछेउको निर्जन स्थानमा प्रभावकारी नहुने ठानेका छौं ।’

पदमार्ग सुधारपछि आठ हजार मिटर अग्ला हिमालमध्ये आरोहणको हिसाबले सबभन्दा कान्छो तथा हिममानव (यती) पाइने हिमालको रूपमा ख्याति कमाएको धौलागिरीमा न्यून पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ । क्याम्प ट्रेकको रूपमा मात्र परिचित राउन्ड धौलागिरी पदमार्गमा अब टी हाउस तथा ब्याकप्याक ट्रेकसमेत सुरु भएको छ ।

पदमार्गका बस्तीमा होमस्टे गर्न थालिएको छ । व्यक्तिगत तर एड्भेन्चर भ्रमण रुचाउने पर्यटकले धौलागिरीको इटाली क्याम्पसम्म होटल बास गरी ग्यासियर क्याम्प र आधार शिविरसम्म ब्याकप्याक ट्रेक सजिलै गर्न सम्भव भएको छ ।

‘व्यक्तिगत रूपमा धौलागिरी बेस क्याम्पसम्मको एड्भेन्चर टुर गर्न चाहने पर्यटक सजिलै आउन सक्छन् । धौलागिरी फन्को मार्ने र आरोहण गर्ने पर्यटकले समेत खच्चडमा इटाली क्याम्पसम्म सामान ढुवानी गराउन सक्छन्,’ धौलागिरीका हिमचितुवा उपमा पाएका स्थानीय पर्यटन व्यवसायी हरिबहादुर तिलिजा मगरले भने, ‘नाउराको भीरमा डोरीमा झुन्डिने र निगालाको झाडीमा बेपत्ता हुने दिन एकादेशका कथा भइसक्यो । हामी पूरै घोडाखच्चड हिंड्ने बाटो बनाएका छौं ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल