Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा आपतकालिन केन्द्र सकृय

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४०० पटक पढिएको
म्याग्दीमा आपतकालिन केन्द्र सकृय

म्याग्दी, २९ जेठ ।

मनसुनसँगै विपत ब्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको जिल्ला आपतकालीन कार्यसंञ्चालन केन्द्रलाई सकृय पारिएको छ ।

जिल्लामा हुने बाढीपहिरो, हावाहुरी, आँधीवेरी, आगलागी, चट्याङ, भुकम्प जस्ता प्राकृतिक प्रकोप तथा अन्यठूला दुर्घटनामा तत्कालै खोज, उद्धार तथा राहत सामाग्री सहित उद्धारकर्ता पुग्न जिल्ला आपतकालिन केन्द्र सकृय पारिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

जिल्लाका प्रायः सवै वस्ती बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा अवस्थित रहेकोले आपतकालिन खोज तथा उद्धारमा सहयोग पुर्‍याउन २४ सै घन्टा हाई अलर्ट रहनेगरी जिल्ला दैविप्रकोप न्युनिकरण युनिटको स्थापना गरिएको हो । युनिटले आफ्नो हटलाईन ०६९–५२०९९४ २४सै घन्टा खुल्ला रहने जनाएको छ ।

त्यसैगरी जिल्लामा आपतकालिन विपत ब्यवस्थापन गर्न एक वडा एक हेलिप्याड निर्माण भैरहेका छन । जिल्लाका ४५ मध्य २५ वडामा हेलिप्याड बनेका छन । सडक संञ्जाल नपुगेको, सडक पुगेपनि बर्खा र जोखिमसमयमा सवारी चल्ने अवस्थामा नभएको हुँदा विपतमा खोज, उद्धार र राहत सामाग्री पुर्‍याउन कम्तीमा एक वडा एक एमआई १७ हेलिकोप्टर ल्याण्ड गर्न मिल्ने हेलिप्याड निर्माण भएका हुन ।

विपत पूर्व तयारी, प्रतिकार्य तथा पुर्नलाभका कार्यहरु सम्पादन गर्न सवै स्थानीय सरकारले आपतकालिन कार्य संचालन विधी बनाई काम गर्नुपर्ने भएपनि प्रभावकारी भएको छैन । हेलिप्याड निर्माण र आपतकालीन कार्यसंञ्चालन केन्द्रको सकृयताले विपत सामना गर्न सजिलो बन्ने छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल