- Loading...
काँग्रेसको जागरण सकियो
- पुनहिल डट कम
- ५ साल अघि
- ४०२ पटक पढिएको

म्याग्दी, २५ जेठ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संञ्चालन गरेको एक महिने ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सकिएको छ ।
वैशाख २५ देखि सुरु भएको अभियान म्याग्दीका काँग्रेस कार्यकर्ता गाउँटोल सम्म पुगेर स्थानीय कार्यकर्तासँग भेटघाट गरी सरकारको आलोचना, पार्टीको समिक्षा र सुझाव संकलन गरेका थिए । चुनावपछि प्रायः निरास र निस्कृय भएका मतदाता, समर्थक र कार्यकर्तालाई जिल्ला नेताको वस्टी दौडाहले जागरण र उर्जा थपेको सदरमुकाम बेनीमा सम्पन्न समिक्षा बैठकमा प्रतिवेदन बुझाएका छन ।
‘राष्ट्रिय जागरण अभियानले शहरमा सुस्ताएका काँग्रेस नेतालाई गाउँवस्ती र जनताको घरदैलोमा पुर्याएकोले काँग्रेसमा जागरण आएको छ । गाउँका कार्यकर्तामा उत्साह थपेको छ । दुई तिहाई बहुमत प्राप्त नेकपा सरकारका गलत काम र चरित्रबारे जनता सचेत भएका छन’ बेनीको संगमचोक स्थित काँग्रेस म्याग्दीको पार्टी कार्यालयमा आयोजित अभियान समाफन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शुत्रराज शर्माले भने, ‘अभियानबाट मतदाता, समर्थकको पीरमर्का र गाउँका समस्याबारे पार्टीलाई जानकारी प्राप्त भएका छन ।’
काँग्रेस म्याग्दीका सभापती खम बहादुर गुर्बजाले जागरण अभियानले गाउँका कार्यकर्ता र सुभेच्छुक, समर्थकमा उत्साह थप्नुका साथै जनताले काँग्रेस प्रति विभिन्न सुझाव र गुनासा प्राप्त भएको भन्दै पार्टी भित्रपनि सुद्धिकरण आवश्यक रहेको बताए ।
फोटो सौजन्य ः राकेश शर्मा, प्रेस युनियन

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
