- Loading...
स्थानीय तहमा संयन्त्र नहुँदा प्रतिवेदन बनाउन समस्या
- पुनहिल डट कम
- ५ साल अघि
- ३८९ पटक पढिएको

म्याग्दी, २४ जेठ ।
स्थानीय तहमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रदेश र स्थानीय तहमा छुट्टै संयन्त्र तथा रिपोटिङ्ग सिस्टम नहुँदा मन्त्रालयले सिडा समेत अर्न्तराष्ट्रिय निकायमा बुझाउनु पर्ने प्रतिवेदन निर्माण प्रभावित भएको छ ।
नेपाल पक्ष राष्ट्र भै हस्ताक्षर गरेका महिला, बालबालिका, अपाङ्ग तथा जेष्ठनागरिक सम्बन्धी राष्ट्रिय प्रतिवेदन संयुक्त राष्ट्र संघ तथा ति निकायमा पठाउनु पर्ने हुन्छ । तर महिला, वालबालिका, जेष्ठनागरिक तथा अपाङ्गता कार्यक्रम प्रदेशमा सामाजीक मन्क्रालय र स्थानीय तहमा सामाजीक विकास शाखाले कार्यत्रम संञ्चालन गरेका भएपनि एक अर्को विच रिपोटिङ्ग सिस्टमको लिङ्ढ टुटेकोले प्रतिवेदनमा स्थानीय निकाय समेट्न समस्या भएको हो ।
‘ससर्त अनुदान अर्न्तत महिला, बालबालिका, अपाङ्ग तथा जेष्ठनागरिक सम्बन्धी कार्यक्रम संञ्चालन गर्न वजेट पनि विनियोजन हुन्छ तर स्थानीय सरकार स्वायत्त भएकोले प्रतिवेदन पठाउन बाध्य छैन । यहीं ग्याप भएको छ’ शुक्रवार बेनीमा संञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले भनिन, ‘नेपाल पक्ष राष्ट्र भएका सन्धी, सम्झौताको बार्षिक प्रतिवेदन निर्माणमा समस्या भएको छ ।’ मन्त्री थापाले थपिन, ‘जिल्ला समवन्य कार्यालय वा स्थानीय तहमा छुट्टै संयन्त्र राख्ने विषयमा छलफल भैरहेको छ ।’
नेपाल पक्ष राष्ट्र भएका सन्धी, सम्झौता र संविधानको मौलिक हकले पनि महिला, वालबालिका, जेष्ठनागरिक तथा अपाङ्गता क्षेत्रमा देखिनेगरी काम गर्न बाध्य बनाएपनि संघ, प्रदेश र स्थानीय सरकार विच समवन्यन हुन नसकेको मन्त्री थापाले गुनासो छ । अझ स्थानीय सरकार झन लचिलो बन्न नसकेको मन्त्री थापाले आरोप लगाईन ।
स्थानीय सरकारले महिला, वालबालिका, जेष्ठनागरिक तथा अपाङ्गता सम्बन्धी छुट्टै स्थानीय ऐन, कानुन बनाई लागु गर्नु पर्ने भएपनि अझै त्यता ध्यान पुग्न सकेको छैन । स्थानीय तहमा यस क्षेत्र हेर्नेगरी साविकका महिला तथा बालिबालिका कार्यालयका कर्मचारी खटाईएको भएपनि प्रभावकारी काम भएको छैन ।
‘गाउँपालिकामा महिला, बालबालिका कार्यालयबाट एक जना कर्मचारी त आएकी छन नि तर कसरी काम गर्ने, योजना, कार्यक्रम बनाउने, स्थानीय सरकारले अपनाउनु पेर्न नीति नियम, कार्यविधी बनाउने ढँग छैन’ धौलागिरी गाउँपालिका अध्यक्ष थपसरा पुनले भनिन, ‘तिमी उस्तै म पनि उस्तै भने जस्तै, अन्यौल छ । विस्तारै ध्यान विषयगत क्षेत्रमा पुर्याउन थालेका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
